सिमकोट विमानस्थलका प्रहरी लाई कुर्ची हस्तान्तरण

माघ ९, २०८१
हुम्ला । सिमकोट विमानस्थलमा खटिएका प्रहरी विटलाई दश वटा कुर्चि र खाना पकाउने एक कुकर सहयोग गरेको छ ।
सिमकोट गाउँपालिका वडानं ६का वडा अध्यक्ष नन्द रावतले विमानस्थलमा खटिने प्रहरी विट लाई दश थान कुर्चि उपलब्ध गराएको छ । विमानस्थलस्थित प्रहरी विटको ब्यबस्थापनका लागि वडा अध्यक्ष रावतले एक वटा कुकर र दश थान कुर्चि सहयोग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस