पर्यटकीय सिमकोट बजार, विमानस्थमा फोहोरको बेथिति

अर्जुन बोहरा

माघ ८,२०८१
हुम्ला । सुन्दर पर्यटकीय श्रेत्र सिमकोट बाजार बाट ढल र फोहोरहरु विमानस्थलमा ल्याण्डफिल्ड साइटहरुमा फोहोर थुप्रिएको देख्छि । दैनिक दिन निस्कने ढलको पानी र फोहोरले विमानस्थलमा आसपासा भागमा समस्या देखिएको हो । अहिले विमानस्थलका अधिकांश पूर्वाधार निर्माण सम्पन्न भइसकेको अबस्था छ । तर, विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल व्यवस्थापनतर्फ स्थानीय तह,प्रदेश,संघिय सरकार र विमानस्थ कार्यालय सिमकोटले समयमै नसोच्दा पछि जटिल समस्या आउने देखिन्छ ।
सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिहंका अनुसार फोहोरको कारण विमानस्थलमा समस्या निम्त्याउने देखिन्छ । सुरक्षित उडानका लागि विमानस्थलको उतरी बजार क्षेत्र बाट आउने ढल,फोहोर उपर्युक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नु पर्ने बताए । फोहोर व्यवस्थापनको समस्या झेलिरहेको बजार फोहोरले दुर्गन्धित बनिरहेका देखिन्छ ।
पटक पटक सिमकोट गाउँपालिकाले सरसफाई गरेता पनि बाक्लो फोहरु थुप्रिदै गएको अबस्थामा आफैले स्काभेटर बाट सरसफाइ गरेको बताए । हरेक दिनमा सिमकोट बजारबाट निस्कीने फोहोर आउने भएकोले फोहोर व्यवस्थापन गर्न समस्या देखिएको विमानस्गथल प्रमुख सिहं जानकारी दिनु भयो ।


विमानस्थल वरिपरी जाली बाट घेरबार गरेता पनि बजारका मानिसहरुले प्लास्टिक जन्यवस्तु र फोहर ढल पनि सिधै विमानस्थल आउने भएकोले कसरी रोक्न सकिन्छ सिहंले चिन्ता व्यक्त गरेका छन् । विमानस्थल अनुगमन गर्न पुगेका पजिअ नारायण पाण्डेयले भने स्थानीय तह र समन्धित निकाया संग विमानस्थल ढल र फोहोर व्यवस्थापन कसरी गर्ने भनेर समन्वय गरेको बताए ।
सिमकोट गाउँपालिका जिम्मेवारी निकाया संग विमानस्थलको फाहोर र ढलको व्यवस्थापन बारेमा समन्वय गरेको अब छिटै कार्यान्वन हुने बताए ।
विमानस्थलमा ढलको फोहोर थुप्रिएपछि जिल्ला बाहिरबाट आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समस्या हुने गरेको छ। माथिल्लो बजारको ढलबाट निस्कने फोहोर पश्चिम हुँदै विमानस्थल गेट देखि माथिल्लो बजार पूर्व काठेचुली समस्या देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस