सरकारको वित्तीय विभाजन नीति नै गलत छ (भिडियो वार्ता)

माघ८,२०८१
हुम्ला ।हुम्लाको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीसँग फिल्कोमिशन डटकमका सम्पादक अर्जुन बोहराले पालिकाको बजेट, विकास निर्माणमा भएका प्रगति,पालिकाको सवाल लगायतका विषयमा गरिएको कुराकानी :
ताँजकोट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको ३ वर्ष पुग्न लाग्यो । तपाईका सम्पादन गरेको काम प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
धन्यवाद छ । म निर्वाचित भएको तीन वर्ष नागेको स्थिति त होइन अढाई वर्ष वरिपरिमा छौँ हामी । अझै पनि हामीले कार्य सम्पादनको दृष्टिकोणले हेर्दाखेरि चाहिँ करिब तीन वर्ष हामीले बजेट विनियोजित गरिसकेका छौं ।
अब यसरी हेर्दाखेरि चाहिँ मैले आफूले कार्य निर्वाचित भएदेखि यो अढाई वर्षको कार्यकाल अन्तर्गत जे जति कार्य सम्पादनहरू भए जे जति कामहरु भए यसप्रति म पूर्ण सन्तुष्ट छु । हामीसँग भएको स्रोत साधनलाई हामीले परिचालन गर्ने हामीले जुन लक्ष्य राखेका थियौं त्यहाँ नागरिक देखि लिएर सम्पूर्णको साथ चाहिन्छ। यसमा चाहिँ कहिलेकाहीँ कुनै न कुनै पक्षबाट अपुग भएको चाहिँ मैले महसुस गरिरहेको छु। यसका आधारमा चाहिँ समिक्षा गरिरहनु पर्दा हामी चाहिँ यसलाई सुधार्ने पक्षमा रहेको बताए ।
जनताको सरकार भनेर चिनिने तपाईको स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाउनु भएको छ ?
अब विगत भन्दा हामीले धेरै सुधार गरेका छौं विकास निर्माणको हिसाबले हेर्दाखेरि पनि विकास निर्माणका लक्ष्यहरु अथवा विकास निर्माणको सम्पादनलाई हामीले प्रभावकारी को क्षेत्रमा जान्छ र पहिले नै कसको खातामा अथवा कुन काममा कति पैसा चाहिँ जान्छ अथवा खर्च हुन्छ भन्ने सवाल चाहिँ हामीले सुरुमै स्टामेट गरेर तयारी गरेका छौं ।
निर्वाचनका बेला जनतासँग वाचा गर्नुभएको थियो ? गरिएका वाचा कति पूरा भए ?
जनतासँग के के गर्छु भन्ने आधार त विकासको मुख्य पक्ष भनेको चेतना हो। त्यसका आधारमा हेर्दाखेरि शिक्षालाई चाहिँ सुलभ बनाउने गुणस्तरीय बनाउने परिवर्तनमुखी बनाउने र व्यवहारिक बनाउने विषयसँग जोडिन्छ । शिक्षा,स्वास्थ्य,उत्पादन र रोजगारी पहिलो प्रथामीक राखेको छ । शिक्षामा पनि हामीले आमूल परिवर्तन ल्याउने,स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने विकास र त्यसपछि गएर वातावरणीय क्षेत्रमा वन लगायत सबै क्षेत्रमा चाहिँ सँगसँगै विकास गरेर सबै सूचकहरुलाई सँगै विकास गरेर लानुपर्छ त्यो प्रकारले चाहिँ अगाडि बढ्ने कोसिस गरिरहेका छौं ।
तपाईका योजना र सपनाहरु त धेरै छन् होलान् ,आगामी कार्यकालमा कसरी अगाडी बढनुहुन्छ ?
योजना त हुने कुरा भइहाल्यो हामी राजनीतिमा लागिसकेपछि राजनीति भनेको सेवा हो । जनताकै सेवामा समर्पित गर्ने र जाने भन्ने नै मेरो आगामी दिनको लक्ष्य छ । यस अन्तर्गत रहेर निरन्तर चाहिँ तपाईंको निशुल्क रुपमा चाहिँ लाग्ने प्रतिबद्धता छ सोही अनुसार चाहिँ आगामी दिनहरुमा हामीले जनताको परिवर्तनको पक्षमा जनताको सेवा र जीवन बदल्ने प्रक्रियामा जाने नै मेरो आगामी कार्ययोजना रहेको छ ।
तपाईको स्थानीय तहमा बेरुजु र सार्वजनिक खरिदको अवस्था भहवह भन्ने सुनिन्छ त ? कसरी समस्या समाधाना गर्नु हुन्छ ?
तपाइँले बेरुजु कुरा गर्नुभयो । गाउँपालिकामा बेरुजु भनेको विभिन्न प्रकारको हुन्छ। अब कतिपय नीतिगत बेरुजु हुन्छ,नीतिगत कुराहरु विभिन्न प्रकारहरू हुन्छन्। त्यसो हुँदाखेरि मलाई लाग्छ मेरो कार्यकालमा अथवा मैले यो क्षेत्रमा धेरै सुधार्ने गर्ने प्रयास गरिरहेको छु । किन भन्दाखेरि नीतिगत हिसाबले पनि कार्यविधिहरु बनाएर ठेक्का प्रणाली लाई चाहिँ तपाईंको इमेस सिस्टमबाट लगेका छौं । तपाईंको खरिद ऐन निर्माण गरेर बेरुजुलाई चाहिँ घटाउने कोसिस गरिरहेको छ । विगत अघिल्लो सरकारको भन्दा यो पटकको सरकारले एकदमै न्यूनकरण गरेर हामीले लग्ने कोसिस गरिरहेका छौं । मैले खर्च गर्ने खर्च प्रणालीलाई चाहिँ पारदर्शी बनाउने डकुमेन्ट्री हिसाबले सहित तरिकाले जानेकुरा हो ।
आर्थिक अनुशासन कायम गर्ने सवालमा ताँजाकोट गाउँपालिका कमजोर देखिन्छ ? आर्थिक अनियमितता पनि भइरहेका खबर आइरहेका छ ?
अब त्यो खबर कुन कसरी कुन माध्यमबाट आयो अब त्यो हामीले चाहिँ थाहा हुने कुरा भएन ।त्यसलाई सूत्र वा प्रणालीबाट खर्च गर्ने प्रक्रिया अनुसार,त्यस्ता बाध्यताहरुले गर्दा त्यहाँ नीतिगत हिसाबले चाहिँ अप्ठ्याराहरु निर्माण गरेर खर्च गर्ने गरिरहेका छौं ।
गाउँपालिकाको कार्यपालिकाका नियमित बैठकहरूमा हामी नियमित छलफल गर्छौं । गाउँपालिका कार्यालयका स्टाफ मिटिङहरु बसेर नियमित छलफल गरिरहेका हुन्छौं ।
सकभर मासिक यदि भएन भने दुई महिनाको, तिन महिनाको कम्तिमा हामीले समीक्षा गरेका छौं । काम गर्दै जाने क्रममा ती काम गर्दा आएका अप्ठ्याराहरु लाई चाहिँ समस्या समाधान कसरी गरेर जान सकिन्छ भनेर अगाडि बढ्ने गरिरहेका छौं ।
स्थानीय सरकारको प्रमुखका रूपमा काम गरिरहँदा तपाईंले भोग्नुपरेका समस्या के–के हुन् ?
समाजमा कुन संस्कृतिबाट हुर्केको छ,त्यो संस्कृतिबाट हुर्केको समाज विभाजन हुन्छ । अर्को समस्या भनेको हाम्रो संघीयताको लक्ष्य भनेको आन्तरिक आम्दानी बढाउने, अधिकार खोज्ने र आन्तरिक हिसाबले राजश्व बढाउनअधिकार खोज्ने र आन्तरिक हिसाबले हामी सुदृढ भएर संघीयताको लक्ष्य अनुसार जाने हो । हामीले चाहिँ आन्तरिक आम्दानी बढाउन सक्ने, अर्को संघीय सरकार र प्रादेशिक सरकारले वित्तीय विभाजनजनता र हाम्रो समाज स्थापित गरेर लानलाई केही जटिलताहरू छन्, यो एउटा खालको समस्या छ। अब अर्को समस्या भनेको हाम्रो संघीयताकोे लक्ष्य भनेको आन्तरिक आम्दानी बढाउने,अधिकार खोज्ने र आन्तरिक हिसाबले साधनको अपुग छ । संघीय सरकार र प्रादेशिक सरकारले वित्तीय आम्दानी बढाउने अधिकार साधनको अपुग्छ ।सरकारले वित्तीय विभाजन संघीय सरकार र प्रादेशीक विभाजन जुन ढंगले, जुन पोलिसीबाट गरिरहेको छ, यसमा पूर्ण असन्तुष्टि छु । सरकारले वित्तीय विभाजन प्रादेशिक सरकारको वित्तीय विभाजनको प्रणाली छ नीति छ यो बिल्कुल गलत छ।
किन भन्दाखेरि कार्यसम्पादनलाई आधार मानिएको छ। अब यसमा चाहिँ महत्वपूर्ण कुरा के हो भने आन्तरिक आम्दानी आन्तरिक स्रोतका आधारमा पनि हामीले वित्तीय विभाजन ल्याउनु अपरिहार्य रहेको छ ।सम्भवत यो सुधारिएन भने आन्तरिक आम्दानीका आधारमा वित्तीय स्रोत विभाजन जब गरिँदैन तब समानता ल्याउन सकिन्न आर्थिक र वित्तीय समानता जब ल्याउन सकिदैन तब समाजवाद आउन सक्दैन ।
अब आगामी दिनमा हामीले यी धेरै कुराको सुधार गरेर संघीय,प्रादेशिक र स्थानीय तहले गएनौ भने तत्त तहका नेतृत्वहरूले जिम्मेवारी लिनुपर्ने देखिन्छ ।
तपाईको पालिकामा विद्युत,संचार र सडकको अबस्था कस्तो छ ?
मेरो गाउँपालिकामा विद्युतको अवस्था हामीसँग दुईटा विद्युत उत्पादन हुन्छ । एउटा विद्युत चाहिँ निर्माणाधीनमा अबस्थामा रहेको छ । दुइटा विद्युत हामीले हाम्रै पालामा हाम्रै नेतृत्वमा हामीले सञ्चालन ल्याएका छौं ।
सबै वडाहरुमा सडक पुगेको छ । सडकको स्तरउन्नति गर्ने र यसलाई चाहिँ व्यवस्थित गर्नेे आगामि कार्याकालको योजना रहेको छ । वातावरणीय हिसाबले चाहिँ जोखिम नहुने गरी निर्माण कार्य अगाडि अरु एकदम चाहिँ तुलनात्मक हिसाबले हामीसँग एकदम २४ घण्टा चाहिँ बत्ती, सडक र सञ्चार विकास भएको छ ।
जुनसुकै मौसममा पनि ताँजकोटबासीले विभिन्न कहर भोग्नु परेको छ । प्राकृतिक रुपमा आइलाग्ने विपद्बाट जोगाउनको लागि कस्तो तयारी गर्नुहुन्छ ?
हामीले मुख्य गरेर स्थानीय तहमा ऐन बनाएका छौं । कानुन र कार्यविधि बनाएर त्यो कार्यान्वयन चरणमा छौँ । त्यसका आधारमा वन वातावरण हिसाबले पनि कसरी जोखिम न्यूनीकरण गर्ने अरु स्वास्थ्यको क्षेत्रमा आइपर्ने जोखिम कसरी न्यूनीकरण गर्ने भन्ने सवालमा हामीले विभिन्न प्लानहरु बनाएका छौं । भूकम्पबाट प्रभावित अथवा कसरी सुरक्षित रहन सक्छ भन्ने कुरा पनि हामी सहि ढंगले जानुपर्छ । प्राकृतिक रुपमा आइलाग्ने विपद्बाट जोगाउनको लागि प्लानिङ बनाएर जाने तयारी गरेका र्छौ ।
अन्त्यमा, बाँकी तिन बर्षमा तपाईंले प्राथमिकता दिनुभएका योजना के–के हुन् ?
हामीले रोजगारी र सँगसँगै भौतिक पूर्वाधार,वातावरणीय र विभिन्न जोखिम न्यूनीकरणहरु, सामाजिक विकासलाई चाहिँ प्राथमिकतामा राखेर जाने कुरा गरिरहेका छौं । हामीले हाम्रो आम्दानीको स्रोतहरु कसरी वृद्धि गरेर आत्मनिर्भर बन्ने भन्ने कुराहरुसँग सम्बन्धित रहेर चाहिँ हामी मुख्य प्लानिङ अबस्थामा र्छौं । मेरा विचारहरू व्यक्त गर्ने एउटा सु–अवसर प्रदान गर्नुभयो । यहाँलाई र यो मिडियालाई चाहिँ धन्यवाद ।