सर्केगाढ गाउँपालिका बिपन्न र अग्नीपीडित लाई न्यानो कपडा वितरण

रुपा देबकोटा

माघ ३, २०८१ विहीबार
हुम्ला । सत्य साई सेवा संगठन नेपालले आर्थिक सहयोग र सत्य साई केन्द्र हुम्लाको आयोजन हुम्ला जिल्ला सर्केगाड गाउँपालिका अति बिपन्न वर्ग र अग्नीपीडित लाई न्यानो कपडा वितरण गरेको छ ।
उक्त संस्थाले विपदमा परेका समुदायलाई सहयोग र मानवताको सन्देश दिनको लागि दुर्गम गाउँमा वितरण गरेको जनाएको छ । सर्केगाड गाउँपालिकाका सबै वडाका ३३ बिपन्न परिवारलाई जाडो छल्ने फाइरबर सिरक बितरण गरिएको हो ।


सर्केगाड गाउँपालिका ७ वडा रोडिकोट गाउँमा अग्नीपीडित १८ थान, ८ वडाका गरिव विपन्न २ थान सिरक दुई जना लाई, वडा नं ४ सायाँ गाउँका विपन्न ४ घरधुरीलाइ ४ थान, वडा नं ५ गोठीका ३ घरधुरीलाई ३ थान, वडा नं २ रिपमा गाउँका २ घरधुरीलाई २ थान, उनापनी गाउँ २ वटा र वडा नंं. ६ छ्यागी गाउँमा२ थान गरी जम्मा ३३ थान फाइवर सिरक वितरण गरेको स्थानीय युवा सुरेन्द्र सिंहले बताए ।उक्त सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउने र चिसो बढ्दै गर्दा कसरी चिसोबाट बच्न मद्दत पुग्ने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस