हुम्ला मनाइयो दशौँ राष्ट्रिय योग दिवस

माघ १,२०८१, मंगलबार
हुम्ला । हुम्लामा दशौँं राष्ट्रिय योग दिवस मनाएको छ । “स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग” भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको आयोजनामा राष्ट्रिय योग दिव पनि मनाइएको छ ।
महिला पतंजलि योग समिति हुम्लाका जिल्ला अध्यक्ष मधु बस्नेतको अध्यक्षतामा मनाइएको योग दिवसमा पतंजलि योग समिति जिल्ला अध्यक्ष तथा योग प्रशिक्षक मान बहादुर रावतले योगको बारेमा जानकारी दिनुको साथै योग प्रशिक्षण गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले योग दिवस मनाउनु भनेको आप्mनो शरीरको योग र आयुर्वेदको क्षेत्र विकसित हुने बताईन् । शारीरिक र मानसिक रूपले स्वस्थ रहनका लागि योग महत्त्वपूर्ण माध्यम भएको बताउनु भयो ।
स्वास्थ्य लाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्नेको लागि सबैले योग गर्नु अहिलेको आवश्यकता भएको आग्रह गर्नुभयो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुुरु भएको हो । सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु,सुरक्षाकर्मी,नेपाल रेडक्रश शोसाईटी र संचारकर्मीहरु लगायतको उपस्थित रहेको थियो ।