हुम्लाको पवित्र तीर्थस्थल खार्पुनाथ शिवालयमा मनाए माघे संक्रान्ति

पुस १,२०८१, मंगलबार
सिमकोट । माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । हुम्लाको खार्पुनाथ मन्दिरमा माघी पर्व दर्शन गरी भक्तजनले धुमधामका साथ मनाएका छन् ।
विशेष गरी खार्पुनाथको खार्पु दोभान तीर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थितिसहित माघी पर्व रमझम गरी मनाइएको हो । खार्पुनाथ– ५ को खार्पुदोभानमा हजारौ भक्तजनले दर्शन गरी माघी पर्व मनाएका छन् । रातभरि खार्पुनाथ मन्दिरमा जाग्राम बसी माघी रमझमका मनाइएको छ । सिमकोट गाउँपालिकाका र खार्पुनाथ गाउँपालिकाबाट तीर्थालु भक्तजन खार्पुनाथ मन्दिरको दर्शन गर्न जाने गर्दछन् ।
पुस महिनाको २९ गते सोमबार वेलुका ५ बजेबाट भक्तजनहरु विभिन्न गाउँमाबाट खार्पुमा जम्मा भएका थिए। उनीहरू सबैले रातभरि शिवजीको आराधाना गाएर रात कटाएको र बिहान सबेरै कैलाश मानसवरबाट बगको कर्णाली नदीको चिसो पानीमा स्नान गरेर मन्दिरमा पूजापाठमा लागेका थिए।
खार्पुनाथ शिवालयको फोट पत्रकार जनक बहादुर शाही
खार्पुनाथमा रहेको शिवलयमा जाग्रम बसी पूजापाठ गरे राम्रो काम बन्ने धार्मिक मान्यताका अनुसार भक्तजन दर्शन गर्न आउने गर्छन्। भक्तजनहरुमा कुनै व्यक्तिबाट भएको पाप पनि पखालिने धार्मिक विश्वास रहेको छ। विशेष गरी खार्पुनाथ गाउँपालिका– ५ का ठकुरी समुदायका पुरुषहरूले पराम्परागत पोसाक बख्खुु लगाएर चाँची र भारी गीत पनि गाउने र महिलाहरुले भगवान शिवजी र धार्मिक संस्कार अनुसार मंगल गीत गाउँछन्।
खार्पुनाथ शिवालयको फोट पत्रकार जनक बहादुर शाही
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । भक्तजनहरु माघ १ गतेलाई बिहानै तीर्थस्थलमा गई स्नान गरेर दान गर्ने लाई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हजारौँको संख्यामा रहेका दर्शनार्थीको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । माघे संक्रान्तिका वेला कुनै पनि अप्रिय घटना नभएको र मेला धुमधाम सम्पन्न भएको स्थानीय सुरक्षा निकायले जनाएको छ