प्रथम अदानचुली सांस्कृतिक तथा पर्यटकीय महोत्सव सम्पन्न

फिल्को मिसन

पुस ६,२०८१ शनिबार
अदनचुली । हुम्लाको अदानचुली गाउँपालिकाको आयोजनामा सुरु भएको प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव सम्पन्न भएको छ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको गाउँपालिकामा रहेका साँस्कृतिक तथा पर्यटकीय प्रवर्द्धनमा रहेको गाउँपालिकाले जनाएको छ।
पहिलो पटक गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक तथा पर्यटकीय महोत्सवमा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेपाली कंग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले धार्मिक, सांस्कृतिक महोत्सव तथा मेलाले स्थानीय कला, संस्कृति, परम्पराको संरक्षण गर्नुका साथै पर्यटकीय स्थानलाई विश्वसामु चिनाउन सहयोग पुग्ने बताए ।
आफु दोश्रो पटक मुख्य मन्त्री भएको वेलामा अदानचुली र मुगुको नदीको दोभानमा रहेको दोमुखमा मन्दिर बनाउने आयोजित सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धाता गरेका छन् ।

स्थानीय सत्तासाझेदार दल मध्येको नेकपा माओवादी केन्द्र्रको वहिष्कार बीच आयोजित कार्यक्रममा शाहीले अदानचुली गाउँपालिकाका केही नेताहरु विकास विरोधी भएको आरोप लगाए ।
आफुले अदानचुलीका लागि ठूला योजना नराखेपनि यहाँ राखिएका योजनाहरु किनबेच हुनुका साथै विकासमा स्थानीय नेता विरोधि भएकाले आफु पुनः मुख्यमन्त्री भएपछि त्यस्ता व्यक्तिलाइ कार्वाह गरिने पनि बताए ।


कार्यक्रमका विशेष अतिथिरुपमा कर्णाली प्रदेश उर्जा जल स्रोत तथा खानेपानी मन्त्री विजय बुढा बोहराले अदानचुली आफ्नो माइती भएकाले विकास गर्ने सन्दर्भमा आप्mनो पहिलो प्रथामिकता अदानचुली रहेको बताईन् ।
जन्म घर भएको अदानचुली वडा नम्बर ६ मा अँझै पालिका केन्द्रसँग सडक नजोडिएको उल्लेख गर्नु भएकी मन्त्री बुढाले आप्mनो कार्यकालमा अदानचुलीको खानेपानी, सिचाई, विद्युत अन्य विकासका लागि पहिलो प्रथामिकता प्रतिवद्धता जनाईन् ।

पछिल्लो समय विकास जनताले खरिद गर्नुपर्ने नराम्रो संस्कारको शुरुवात भएको आरोप लगाउँदै निर्वाचित जनप्रतिनिधि, राजनीतिक नेताहरु, जिम्मेवार व्यक्तिबाट योजना ल्याउन रकम खर्चिएको भन्दै उपभोक्ता समितिमा आफन्त राख्ने, योजनाबाट कमिशन खाने प्रवृतीको अन्त गर्न नेकपा एमाले कर्णाली प्रदेश कमिटिका सदस्य नवराज महताराले त्योस नगर्न आग्रहा गरे।


प्रथम अदानचुली महोत्सव साँकृतिक र पर्टकीय प्रचार र प्रसाका लागि पहिलो पटक आयोजना गरेको हो । महोत्सवमा विभिन्न सांस्कृतिक प्रर्दशन नर्गनु,स्थानीय उत्पादन नराख्नु, पालिकाकैं उपाध्यक्ष र उहाँले नेतृत्व गरेको प्रमुख दलले नेकपा माओवादी केन्द्रेले वहिष्कार गर्नुले भने महोत्सवको लागि पहिलो गासमै ढुंगा लागेको छ ।


पालिका अध्यक्षलेनै कार्यासमितिको निणर्य नगरेर एकलौटी रुपमा पूर्व मुख्य मन्त्री शाही गाउँपालिकामा आउनेभएपछि काँग्रसजनको बिशुद्ध पार्टीको कार्याक्रम चलाएको गाउँपालिका उपाध्यक्ष कर्ण बहादुर रोकाया सुधारले फिल्कोमिशन डटकम लाई बताए ।
यो सिजन महोत्सव चालाउृने होइन्, जिल्लाका निर्वाचित संसद तथा मन्त्री लाई निमान्त्राण नगरेर एकलौटरुपमा बाहिरी कलकार लाई बोलाएर महोत्स संचालन गरेको अध्क्षय मोहन सिंह प्रति आरोप लगाए ।


सांस्कृतिक तथा पर्यटकीय महोत्सवमा आयोजना गरिएका बालोचन्फा, मागल, ढालतरबार, हुड्को, देउडा जस्ता साँस्कृतीक गतिविधि प्रस्तुति गरेको थिए ।
गाउँपालिका अध्यक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा र कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेपाली कंग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य जीवनबहादुर जीवन बहादुर शाहीको प्रमुख आथित्यमा र कर्णाली प्रदेश सरकारका जल स्रोत तथा उर्जा विकास मन्त्री विजय बुढा (बोहरा)को बिशेष आथित्यमा उक्त महोत्सव सम्पन्न भएको छ ।


यस्तै अदानचुलीमा महोत्सवमा सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज महतारा, लगायतका विभिन्न राजनितिक दलका नेता सहित अदानचुलीका स्थानीयको उपस्थित रहेको थियो । अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवको देउडा कलाकार विपना सिंह, बनकला सन्ज्याल, अनमोल अमृत,परबहादुर थापा लगायतले स्थानीय कलाकारले आफ्नो आ आफनो कला प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस