सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी
मंसिर १७,२०८१
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रको विजय भएको छ । उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार ने.क.पा माओवादी केन्द्रको उम्मेदवार देवकी तिमल्सिना १ हजार ६सय ३७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बराले घोषण गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सविता बुढाले १ हजार ५सय ९४मत प्राप्त गरे । त्यसै गरि ने.क.पा एमाले जना शाहीले १ हजार १ सय ३२ मत ल्याएका छन् भने रा.प्र.पा ५१,घण्टी २५ मत र स्वतन्त्र उम्मेदार ९मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित उपध्यक्ष चन्द्रसिंह कार्कीको निधन भएपछि भएको उपनिर्वाचनमा सत्तारुढ दलहरु एमाले–कांग्रेस र माओवादी केन्द्र,समाजवादी मोर्चा प्रतिष्पर्धामा उत्रिएका थिए ।
तलको भिडियो हेुनुहोस्