उपनिर्वाचन अपडेट: सर्केगाड गाउँपालिकामा ३५९४ मत खस्यो

फिल्को मिसन

मंसिर १६, २०८१
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा उपनिर्वाचनमा आइतबार शान्तिपूर्ण मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र दिउसोको १बजे सम्म बजेसम्ममा ३ हजार ५सय ९४ मतदान भएको मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बराले जानकारी दिनुभयो ।
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उहाँहरूलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बाक्लोअनुसार सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उपध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा निधन भएपछि उपनिर्वाचन भएको हो।
सर्केगाड गाउँपालिकामा उपध्यक्षको लागि नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचु बुढाले प्रतिस्प्रदी छन । उम्मेदवारी दर्ता गराएका हुन्।

 

प्रतिक्रिया दिनुहोस