स्थानीय तह उपनिर्वाचनः सर्केगाडमा ४० प्रतिशतभन्दा मतदान
६ जना उम्मेदवार,६ हजार ८१० मतदाता, १३ वटा मतदान केन्द्र
मंसिर १६, २०८१
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा उपध्यक्ष पदको लागि उत्साहपूर्वक मतदान भइरहेको छ।
सर्केगार्डमा मतदान कार्य जारी रहेको बेला अहिले १२ बजेसम्म ४० प्रतिशतभन्दा बढी मतदान सम्पन्न गरेको मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बराले बताउनु भयो ।सर्केगाड गाउँपालिकामा उपध्यक्ष पदका लागि मतदान १३ वटा केन्द्रमा मतदान जारी छ। यो पालिकामा ६ हजार ८ सय १ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताए । उक्त पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उपध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा निधन भएपछि उपनिर्वाचन भएको हो।
सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन्।
चिसो बढी भएता पनि बिहानैबाट मतदाताहरू उत्साहजनक मतदान गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जनाकारी दिए। जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, अपांगता भएका नागरिकहरूको पनि मतदान कार्यमा सहभागिता रहेको पनि बताए ।
उक्त मतदान केन्द्रमा ७३ जना कर्मचारी खटिएका र मतदान केन्द्रमा १सय ७३ जना भन्दा बढि सुरक्षाकर्मीहरु परिचालन गरेको छ । मुख्य निर्वाचन अधिकृत बरालका अनुसर बिहान ७ बजेदेखि साँझ ५ मतदान बताए ।