म्याद गुज्रेका सामान बेच्ने पाँच व्यापारी कारबाहीमा

फिल्को मिसन

भदौ ३०,२०८१
हुम्ला । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सदरमुकामका सिमकोटका पाँच व्यापारीमाथि कारबाही गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयकाको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको पाइएको हो ।
सिमकोट बजारमा ग्याद गुज्रेका, जिल्ला दररेड भन्दा बढी मूल्यमा विक्री गरेको, मूल्य सूचि टाँस नगरेको, साइनबोर्ड नभएको, सामान खरिद तथा विक्री विल नभएको, सामानको कृतिम अभाव गरेको, खाद्य सामग्री र विषादी तथा रसायनयुक्त पदार्थहरुको छुट्टा छुट्टै भण्डारण नगरेको, लेबल नलगाएको तथा गलत लेबल लगाएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार दण्ड जरिवाना गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत कुमार सुवेदीले बताए ।

अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरु विक्री गर्ने पाँचवटा पसललाई ५ हजारका दरले कारबाही स्वरुप अनुगमन टोलीले जरिवाना लिएको छ । म्याद गुज्रेका धारा तेल, विस्कुट, बेसार, मसाला लगायतका सामग्री सोमबार नष्ट गरिने भएको छ । ती सबै सामग्री जिल्ला प्रशासनमा राखिएको र सोमबार मात्रै नष्ट गरिने बताएको छ ।
सिमकोमा रहेका चारवटा वटा पसललाई ५हजारका हजारका दरले र एक पसललाई दुई हजारका दरले जरिवाना तोकिएको बताएको छ। अनुगमनका जरिवना पर्नैमा क्रममा मालिका महादेब पसल, एटु जेट जुम्ला जनरल सप्लायर्स र रावत सपिङ सेन्टरलाई पाँच हजार जरीवाना तोकिएको छ भने किनमेल स्टोर पसललाई २ हजार जरिवाना तोकिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर विष्टले बताए । बरामद गरिएका सामान प्रहरी, उद्योग वाणिज्य संघ, स्थानीय, पत्रकार, उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय र प्रशासनको रोहबरमा सोमबारमा नष्ट गरिने अनुगमन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस