मासु पसल अनुगमन पछि सरसफाईको निर्देशन
असोज २०, २०८१
हुम्ला । दशैको मुखमा उपभोक्ताहरुलाई गुणस्तर मासु उपलब्ध गराउने उदेश्यले मासु पसल अनुगमनलाई तिब्र बनाईएको छ ।आइतबार विहान हुम्लाको सदरमुकाम सिमकोट बजारमा भएका मासु पसलको अनुगमन गरिएको हो।
सुर्खेते र नेपालगन्जबाट जहाजले ल्याउने मासु जन्य र जिल्लामै उत्पादीत मासु लाई उपभोक्ताहरुलाई स्वच्छ मासु बिक्री वितरणकका लागि उपभोक्ता हित संरक्षण कार्यालयमार्फत बजारको अनुगमन गरिएको जनाएको छ ।
मासु र स्थानीय उत्पादीत पशुहरु बाट मासु विक्री गर्ने पसलहरुको ब्यवसाय दर्ता भए पनि नविकरण नभएको, बधशाला नभएको, बध गरिएको स्थान फोहोर, मुन्य सूची टाँस नभगरेको,गाउँपालिकासँग समन्वय गरी बधशाला सुधार्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए । सिमकोट बजारमा रहेका बिभिन्न मासु उत्पादन गर्ने १२ वटा पसलमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
यस अघि जिल्ला प्रशासन कार्यालय हुम्लाले चाडबाडको समय पारी बजारमा हुने अनियमितता रोक्न तथा उपभोक्ता ठगिनबाट बचाउन बजार अनुगमन गरेको थियो ।
अनुगमनकै क्रममा मासु पसलको साईनबोट समेत नराखेको पाईएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो । अहिले सिमकोट बजारका रविन स्वच्छ मासु पसल, बिद्यामिट कटिङ सेन्टर, रावत स्वच्छ मासु पसलले मासु बिक्री गदै आएका छन ।
अनुगमनमा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला ‘भाम’ रोकाया, उद्योग बाणिज्य संघ, पसु विकास कार्यालयका विभिन्न कार्यालका प्रतिनिधिहरु सहभागि थिए । मुल्य सुची समेत उपलब्ध नगराई ,मासु पसल सरसफाई नभएको,उपभोक्ताहरुलाई मनलाग्दी मुल्य लिएको भन्दै सिमकोट बाजरमा मासु पसलहरुलाई तत्काल कानुनी दायरामा आउन निर्देशन दिएको छ ।