हुम्लामा जीप दुर्घटनाः दुई जनाको घट्नास्थलमै मृत्यु
असोज १९,२०८१
सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिका–४ को पैमा खोला नजिक रहेको तीर्थसैनामा
बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ।
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १ ज २३४३ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका–२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका–६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।
रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर ३ सय मिटर तल खसेको बताइएको थियो। मृतक परियार दसैं मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गइरहेको प्रहरीले जनाएको छ।