८५ वर्षीय लाँगो देवताका धामीको निधन

अर्जुन बोहरा

असोज १८,२०८१
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडा न. २ ठेहे गाउँ स्थित प्याँफेकमा लाँगो देवताका धामी अम्मरिते बोहोराको गएराती असमाहिक निधन भएको छ ।
हिन्दुधर्मावलम्बीहरुले पूजाआजा गर्दै आएको लाँगो देवताको ८५ बषिर्य अम्मरिते धामीको मृत्यु भएको हो । हुम्लाको ठेहेगाउँमा ठूलो थान रहेको ’लाँगो’ भनिने महिषासुरलाई जस्तोसुकै संकट पार लगाउन सक्ने देउताका रूपमा मानिन्छ । मृत्यक धामीका एक छोरा एक छोरी परियार रहेको ठेहे गाउँका मृत्यक नातेदार ठान बोहरोले बताए ।


गएको भाद्रा महिनाको ३१ गतेका दिनमा लाँगो देवताका पुजारी जयराम बोहोराको आफनै कालगतिले निधन भएको हो । लाँगो देवताका पुजारी जयराज बोहोराको मृत्यकको काजक्रिया नसिकीदै २० दिन पछि उक्त लाँगो देवताको धामी अम्मरित बोहोराको पनि आज असोज १८ गते निधन भएको छ ।

                                लाँगो देवताका धामी अम्मरिते बोहोरामाथि औतिएको नाच हेर्न लाई तलको भिडियो

प्रतिक्रिया दिनुहोस