मावि स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

फिल्को मिसन

असोज १६,२०८१
हुम्ला। सिमकोटमा माध्यामिक बिद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका ८ वटा माध्यामिक बिद्यालयहरुको मार्चपासपछि जिल्ला समन्वय समिति उप प्रमुख दलु फडेराले सो कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले राष्ट्रिय झण्डोतोलन गरेका थिए भने सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले दीप प्रज्वलन गरेका थिए।
प्रजिअ पाण्डले प्रतियोगिताको मुख्य रेफ्री दिनेश रावतलाई शपथ खुवाएका थिए भने रेफ्री रावतले सबै खेलाडीलाई खुवाएका थिए।
प्रतियोगिताको उद्धघाटन समारोह कर्णाली माबिका बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष जिवन शाहीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति उप प्रमुख दलु फडेराको प्रमुख आतिथ्यमा, सिमकोट गाउँपालिका अध्यक्ष, बिजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, ३ वटै सुरक्षा निकायका प्रमुख, अबिभावकका साथै बिद्यार्थीहरुको सहभागीतामा गरिएको हो ।

 


आयोजक रलिङ मावि बरगाउँ भए पनि सिमकोटस्थि खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको छ। यसका लागि छात्रा छात्रका १३ वटा इभेन्ट छुट्टाछुट्टै रुपमा सञ्चालन भएको छ ।
प्रतियोगिताका लागि सात वटै विद्यालयबाट करिव साढे चार सय छात्रछात्राले सहभागिता जनाएका छन्। आर्थिक सहयोग गाउँपालिकाको भए पनि निर्णयअनुसार प्रत्येक वर्ष पालोअनुसार विद्यालयले प्रतियोगिता सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस