नेपाल पत्रकार महासंघ हुम्ला शाखामा तालाबन्दी

फिल्को मिसन

भदौ ३१ गते २०८१
सिमकोट । नेपाल पत्रकार महासंघ, हुम्ला शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ। प्रेस चौतारी नेपालका पत्रकार समूहले आफना सदस्यता हटाएको भन्दै तालाबन्दी गरेका छन् ।
पत्रकार महासंघको असोज १२ गते चुनावको मिति तोकिएको छ। महासंघले शनिबार अन्तिम नामावली प्रकाशन गरेको थियो। अन्तिम नामावलीमा प्रेस युनियन र प्रेस सेन्टरको धेरै सदस्य थपिएर आएपछि चौतारीले असहमति जनाएका हुन्। पत्रकारितासँगै अन्य पेशामा एकै प्रकृतिका काम गर्नेमा विभेद भएको भन्दै आफान चार जना सदस्य नामा छुटेटाएको प्रेस चौतारी नेपाल जिल्ला सचिव दाने बोहराले बताए । उनले पत्रकार महासंघ हुम्ला शाखाले एक जनाको नवीकरण र तीन जनाको नयाँ सदस्यता प्रदान गर्नका लागि सिफारिस गरेकोमा ती ४ जनाको नाम छुटाएकाले तालाबन्दी गरिएको बताए ।
हाल महासंघ केन्द्रले हुम्ला शाखाका लागि ४१ जनाको नाम सार्वजनिक गरेको छ । त्यसैगरी प्रेस युनियनका दुई जना, प्रेस सेन्टर पुरानो १ जना सदस्यको सिफारिस जिल्ला शाखाले गरेको भएपनि ती नाम पनि छुटाएको छ ।
सचिव बोहराका अनुसार निष्पक्ष रुपमा शुद्धिकरण गर्न आग्रह गरे। पत्रकारितासँगै एनजिओमा काम गर्ने, शिक्षण पेशामा लागेकाहरु प्रेस युनियन र प्रेस सेन्टरले सदस्यता जोगाउने र थप्ने काम गरेको तर त्यही प्रकृतिको काम गर्ने चौतारी र प्रगतिशील आवद्ध रहेकाको सदस्यता फालिएको आन्दोलनकारीको दावी रहेको छ।

प्रतिक्रिया दिनुहोस