नाम्खामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

भादौ ११, २०८१
नाम्खा । नाम्खा गाउँपालिकामासार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०८०÷०८१ प्रारम्भ भएदेखि हाल सम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि अनुसार प्रत्येक चार÷चार महिनामा कम्तीमा एकपटक बार्षिकरुपमा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान छ । तर नाम्खा गाउँपालिकाले आयोजान गरेपनि स्थानीय सेवाग्राहीलाई उपस्थित हुन नसेकपछि गाउँपालिका कर्मचारी र संचारकर्मि विच सार्वजनिक भएको छ ।
गाउँपालिकाले गरेका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी हरेक बर्षमा सार्वजनिक सुनुवाई गर्ने गरेको निमीत प्रमुख प्रशासकिय अधिकृत मोहन बहादुर शाहीले बताउनुभयो । कार्यक्रम मार्फत उहाँले गएको आ.व. २०८०÷८१ सालको अहिले भएका सम्पुर्ण योजना, कार्यक्रम तथा गतिविधीहरुको विष्तृत विवरण पेश गर्नुभएको थियो ।
आर्थिक वर्षमा गाउँपालिकाको वार्षिक बजेट ३१ करोड ३१ लाख ९२ हजार निकास भएकोमा खर्च २७करोड ८४लाख ३८ हजार ७ सय ७ रुपायाँ खर्च भएको विवरण प्रस्तुुत गरिएको थियो ।
कार्यक्रममा पालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा ८ जना नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरु प्रस्तुत गर्नुभयो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको गाउँपालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र वडा अध्यक्षले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा आएका सुझाबहरुको उच्च मुल्याङ्कन गर्दै गाउँपालिकाको गतिविधीलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न मद्दत पुग्ने गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले बताँउनुभएको छ ।
गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाको अध्यक्षततामा भएको कार्यक्रममा उपप्रमुख तक्दीर लामा, गाउँपालिका वडा अध्यक्षहरु लगायत विभिन्न विषयगत समितिका संयोजक, गाउँ सभा सदस्य, सुरक्षा निकाएका प्रमुखहरु, राजनितिक दलका प्रतिनिधीहरु तथा सरोकारवालाका र संचारकर्मि लगायतको स्थानीयको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका निर्वाचित जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिहरू, कर्मचारी , शिक्षक, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, पत्रकारहरू लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नाम्खा गाउँपालिका स्थानीय फुन्जोक लामा,इलुङक लामा लगायत
गाउँपालिकाले दिने सेवासुविधा,योजना छनौट र सेवा प्रवाह भएको गुनासो गर्नु भएको थियो भने गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाले सेवा प्रवाहमा कुनै समस्या भए आगामी दिनमा सच्चाएर जाने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रमको समन्वय नेपाल पत्रकार महासंघ हुम्लाले आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन भने नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतलले गर्नु भएको थियो ।