स्थानीय तह : सरकारी गाडीको दुरुपयोग
सिमकोट गाउँपालिका गाडी टाक्ची खोलामा
साउन १९,२०८१
हुम्ला । स्थानीय तहमा जनप्रतिनिधिले स्रोत र साधन कसरी दुरुपयोग गर्छन् भन्ने एउटा उदाहरण हुम्लामा बनेको छ । सिमकोट गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत उजरी रोकाया । रोकायाया सहितका कर्मचारीहरुले लिएको गाडी नाम्खा गाउँपालिका वडानं ६ लिमीमा अलपत्र अबस्थामा छोडेका छन् । किनभने गाउँपालिका अध्यक्ष र उपध्यक्ष नभएको समयमा र कार्यलयमा काम नभएको भन्दै लिमी लाप्चा मानसरवर दर्शनको लागि उक्त गाउँपालिककै गाडी लगेको देखिन्छ ।
स्थानीय तहमा सरकारी सुविधा (सरकारी गाडी)को दुरूपयोग भएको छ । स्थानीय जनताका विकासका अपेक्षा एवं उनीहरूका समस्या समाधानका लागि घर दैलोको सरकारका रूपमा जाने सिमकोट गाउँपालिकाले ३०लाखा पर्ने सवारीसाधन किनेका हो ।
सरकारी गाडी दुरुपयोग गरेको विषयमा जिज्ञासा राख्दा उनले आफूले गाडी प्रयोग गरेको स्विकार गरेका छन् । तर, सामाजिक सञ्जालमा आएको तस्बिरबारे जिज्ञासा राख्दा उनले निमित प्रमुख प्रसासकिया अधिकृत रोकायले सामान्या टुउभेल पम्फमा समस्या आएकोले गाडी लिमीको टाँक्ची हुँदै तल नाम्खा गाउँपालिकाको वडानं १ च्याछहरामा पुगेको बताए ।
सिमकोट गाउँपालिकाले एकातर्फ इन्धन लगायतमा वार्षिक लाखौं खर्च गर्दै आएका छन् भने अर्कातर्फ सरकारी गाडीहरूको निजी प्रयोग भएको छ । जसका कारण व्यक्तिगत प्रयोजनका लागि सरकारी सम्पत्तिको प्रयोग गरी दुरूपयोग बढेको छ ।
गाडीका विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत लाई यो विषयमा कुनै जानकारी छैन् । पालिकाको गाडी कसले, कहिले र कहाँ लगेको भन्ने आफूलाई जानकारी नभएको तथ्य खुलेको छ । यस विषयमा सिमकोट गाउँपालिकाका प्रवक्ता नन्द रावतले कार्यपालिकाको बैठक बसेर सरकारी सम्पत्तिको दुरुपयोग गर्नेलाई कार्बाही गर्ने जानकारी दिए । सिमकोट गाउँपालिकाको गाडी विना योजना लक्षित कार्यक्रम नभएको उतरी नाम्खा गाउँपालिकाको लिमीको टाँक्ची खोलामा फसेको त्यहाँका स्थानीय बासिन्दाले भनेर पछि थाहा भयो ।
अध्यक्ष र उपाध्यक्ष भारत भ्रणमा जानुभएको एक साताजति भयो । गाडी अधिृकत सहितको टिमले लिमीमा लगेको हामीलाई थाहै थिएन । गाउँपालिकाको बोलोरो जिप प्रदेश ०१००२ झ६५५० नम्बार गाडी लिमीको टाँक्ची खोलमा पसेको सामाजिक संजालमा आएपछि मैलै अध्यक्ष विजय भण्डारी लाई जानकारी गराएँ । सामाजिक सञ्जालमा हालेको रहेछ,’ उनले भने, ‘मनगोत हिसाबले काम नभएको भन्दै भ्रमणको नाममा गाडी लिनु नै कर्मचारी दोषी बताए बताए । सरकारी गाडीदुरुपयोग भएको स्पष्टीकरण कसले दिने हो ? कार्बाही गर्नुपर्ने हो कि कसलाई गर्ने हो ? तत्काल बैठक बसेर कार्बाहीको माग राख्ने छौँ । सरकारी गाडीको यसरी दुरुपयोग गर्नेलाई कार्बाही हुन्छ । सरकारी सम्पत्ति दुरुपयोग गर्ने स्थानीय सरकार प्रमुख लाई सरकारले कार्बाही गर्नुपर्ने स्थानीयको माग छ ।