हुम्ला जिल्ला अदालत : ८२.४२ प्रतिशत मुद्दा फर्स्योट
गत आर्थिक बर्ष भन्दा यो बर्ष मुद्दा फर्छ्योट दरमा सुधार
साउन २४, २०८१
सिमकोट । हुम्ला जिल्ला अदालतमा यस वर्ष ८२.४२ प्रतिशत मुद्दा फर्स्योट भएका छन्। आर्थिक वर्ष ०८०/८१ मा अदालतमा दर्ता भएका मुद्दाको अवस्थाबारे पत्रकार भेटघाटका क्रममा उक्त तुलनात्मक रुपमा सुधार आएको जिल्ला अदालत हुम्लाले जानकारी दिएको छ ।
जिल्ला न्यायाधीश शम्भु प्रासद बरालले मुद्दा फर्छ्योटमा तीव्रता दिने उद्देश्यका साथ पहिला भन्दा आफु आयता यता गत वर्षको भन्दा तुलनामा सुधार गरेको बताए ।
जिल्लामा मुद्दा फैसलाको अवस्था अघिल्लो वर्ष भन्दा यो गएको बर्षमा १६ प्रतिशत भन्दा बढि नै देखिन्छ। अघिल्लो वर्ष भन्दा यो आर्थिक वर्षको तुलना गर्दा फर्स्योट भएका मुद्दाको अवस्था करिब उस्तै रहेको जिल्ला अदालत हुम्लाका न्यायाधीश बरालले जानकारी दिए।
जिल्लामा यस वर्ष देवानी तथा फौजदारी लगायतका १सय ८ थान मुद्दा दर्ता भएको देखिन्छ। जसमध्ये ८९ मुद्दा फर्स्योट भएका बताए । यो आर्थिक वर्षका फर्स्योट हुन बाँकी १९ मुद्दा अर्को वर्षका लागि जिम्मेवारी सारिएको छ। जिल्ला अदालतमा नयाँ मुद्धा २ थान रहेको जानकारी छ ।
तर, जिम्मेवारी सरेकामध्ये पनि केही मुद्दाहरू साउन २४ सम्म फैसला गरेको रहेको जिल्ला न्यायाधीश बराले बताए। ‘बाँकी मुद्दा पनि चाँडै फर्स्योटको प्रक्रियामा रहेका छन्,’ बराले भने, ‘सर्वसाधारणले सहज रूपमा न्याय पाऊन् भन्ने उदेश्यका साथ लागेको बताए ।’
बालबालिका सम्बन्धी मुद्दाहरुमा जिम्मेवारी सरी आएका ५ थान , नयाँ दर्ता भएका ४ थान गरी जम्मा ९ वथान मध्य जिम्मेवारी सरी आएका ४ थान र नयाँ दर्ता भएका ३ थान गरी जम्मा ७ वटा फर्स्योट भएको र आर्थिक वर्ष ०८१/०८२ मा बालबालिका तर्फ जिम्मेवारी सरी आएका २ वटा हाल चालु २ थान मात्रै बाँकी रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार ज्ञान बहादुर खत्रीले यसरी बताए् ।
हुम्ला जिल्ला अदालतको अभिलेख शाखामा जम्मा १ हजार ८ सय २७ मिसिल संख्या रहेको र जस मध्य सिस्टममा इन्ट्री भएका मिसिल संख्या १ हजार २ सय ७६ रहेको र स्क्यान भइ अपलोड भएका मिसिल संख्या १ हजार १ सय १६ रहेको र सिस्टममा इन्ट्री गर्न ७ सय ११ बाँकी रहेको बताए ।
जिल्ला न्यायधीश बरालमा अनुसार बाँकी मुद्धा केहि प्रक्रिया नपुगैकै कारणले मुद्धा चालु आर्थिक वर्षभित्र अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरेका र यस वर्ष नयाँ दर्ता भएका फर्छ्यौट गर्ने लक्ष्य रहेको बताए।