मुख धुन खोलामा गएका वृद्ध बगेपछि प्रहरीले ज्यान बचायो

फिल्को मिसन

साउन १७,२०८१
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकाको लोतिखोलामा एक जना वृद्ध बगेपछि नेपाल प्रहरीले उद्धार गरी ज्यान बचाएको छ । चंखेली गाउँपालिका वडा नम्वर ४ पिप्लाङ्गको लोतिखोलामा बगेका वडा–२ दार्मा गाउँका ६६ वर्षीय धर्म बहादुर शाहीको प्रहरीले उद्धार गरेको छ ।
मुख धुने क्रममा खोलाको छेउमा गएर एक्कासी चक्कर आएर बगेको देखेपछि प्रहरीको टोली खटिइ शाहीको उद्धार गरेका हो । लोतीखोलामा परेर करीव १० मिटर तलसम्म बगाएर लगेका वृद्ध शाहीलाई प्रहरीले ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
मेल्छाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेश महतारा नेतृत्वको टोलीले वृद्ध शाहीको उद्धार गरेको हो ।
शाहीको उद्धार गरी वडा ४ मा रहेको पिप्लाङ बर्थिङ सेन्टरमा पुर्याइ उपचार गरिएको र अवस्था सामान्य अबस्था रहेको जिल्ल प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस