कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

फिल्को मिसन

वैशाख  २४,२०८१

सुर्खेत ।कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कृष्णबहादुर हमाल नियुक्त भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा वरिष्ठ अधिवक्ता हमाललाई प्रदेश प्रमुखले सोमबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। सोमबार नै हमालले मुख्य न्यायाधिवक्ताका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुखको उपस्थितिमा हमाललाई उच्च अदालत सुर्खेतका मुख्य न्यायधीश लोहितचन्द्र शहल पद तथा गोपनीयताको शपथ गराएका हुन्। मुख्य न्यायाधिवक्तामा नियुक्त हमाल २०४३ सालदेखि अधिवक्ताको रूपमा काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस