हुम्लामा भारि हिंपात, तापक्रम माइनस १३ डिग्र, जनजिवन कष्टकर

जेठासी बाली सप्रने आसमा किसान भने खुसी
फागनु ८,२०८०
हुम्ला । हुम्ला सहित कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमाा भारी हिमपात भएको छ । सोमबार राती १२ बजे देखि हिपात शुर भएको हो । हुम्ला,जुम्ला, मुगु, डोल्पा, बाजुरा लगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । हिमपातसँगैको बर्सातले जनजीवन प्रभावित भए पनि हिउँदे बाली लगाएका किसानलाई चिन्ता हटेको छ।
हिमपातपछि चिसो पनि अत्यधिक बढेको छ। हुम्लामा मंगलबार दिनभरी हिउँ परेको छ। यसपालिको हिउँदमा चौथौ पटक हिउँ परेको हो। सिमकोट सदरमुकाम सहित जिल्लाभरि हिउँ परेको छ। सदरमुकाम सिमकोटमा मात्र करीब १०इन्च हिउँ परेको छ। सदमुरकाम सिमकोटकोे तापक्रम माइनस १३ डिग्र पुगेको छ।
गत वर्षभन्दा यस वर्षमा केही समय ढिला हिमपात भएको छ। चिसोले अधिकांश गाउँमा जाडोबाट बाँच्न, बिजुली बाट हिटर, आगो बालेर तापिरहेको खबर लिमी बाट पाल्जोर तामाङले जानकारी गराए।
दिनभरी हिउँ परेपछि हुम्लाबासी घरभित्रै आगो बालेर बसेका छन्। भारी हिमपातले हुम्लामा हवाई सेवासमेत बन्द भएको छ। सिमकोट विमानस्थलमा हिउँ जमेको र निरन्तर हिउँ परेका कारण जहाज आउन सकेको छैन। हिमपातले बजार क्षेत्र प्रायः बन्द छन्। हिमपातमा बालबालिका र ज्येष्ठ नागरिकलाई बढी असहज भएको छ। हिमपातले हिउँदे सिजनमा सञ्चालन भइरहेका शैक्षिक संस्था बन्द भएका छन्।
हिंपात हँदा एसइइ परिक्षा दिने विद्यार्थी अध्यापनमा समेत प्रभावित बनाएको छ। हिमाली भेकमा रहेको गाउँपालिकामा रहेका विद्यालयहरुमा कक्षा संचालन गर्न समेत समस्या भएको मानसरवर माविका शिक्षक धनबहादु ऐडीले बताए।
उतरी गाउँपालिकामा भारी हिमपात हुँदा नाम्खा गाउँपालिको लिमी, जाँगा, हल्जी र तिल गाउँ भने ५ महिनासम्म सदरमुकाम सिमकोटसम्म आउनविच्छेद बनाएको छ। उता हिमपात हुँदा किसानहरु भने निकै खुसी देखिएका छन्। हिमपातले खेतबारीमा लगाएको जेठासी बाली सप्रने आशामा हुम्लाका कृषक खुसी देखिन्छन्। हिउँदे सिजनमा हिउँ उत्तम सिँचाइको एक मात्र माध्यम हो। हिउँ नपर्दा जेठासी बाली जौ, गहुँ लगायतका बाली सुक्न थालेका थिए । सिमकोट गाउँपालिका–२ का किसान वलि रावलले हिउँ परेपछि हिउँदे बालीको उत्पादन बढ्ने बताए । उहाँले भन्नुभयो, “अब भने हिउँ परेपछि राहत हुने भएको छ। हिउँको पर्खाइमा थियौँ। अब जेठासी र कार्तिके वालि लाई सहज हुने भएको खुशि व्यक्त गरे।”
हुम्लामा बिहानबाट हिमपात हुँदा हुम्लाका अधिकांस गाउँपालिकाहरुको जनजिवन कष्टघर हुनुको साथै हुम्लाको तापक्रम माइनस १३मा पुगेको छ।