बिरामी बोक्ने एम्बुलेन्समा यात्रु र सामान ओसारपसार गर्दै

फागुन ७,२०८०
हुम्ला । हुम्लामा बिरामी बोक्ने एम्बुलेन्सले यात्रु ओसारपसार गर्ने साधन बनाइएको खुुलासा भएको छ । बिरामी छाडेर यात्रु बोक्न थालेपछि चंखेली गाउँपालिका–४नम्बर वडाले यात्रुहरु र खाद्ययन्न लगायतका पसलका बिभिन्न सामाग्रि ढुवानी गरेको छ ।
चंखेली गाउँपालिका–४मा रहेको श्रीमष्ठा स्वास्थ्य चौकीद्धारा सञ्चालित एम्बुलेन्स बिरामी बोक्नु भन्दा पैसाको लोभमा यात्रु र सामान ढुवानी गरेको पाइएको छ । गाउँपालिका जनप्रतिनिधि र त्यहाँका कार्यन्वयन निकायानै कानमा तेल हालेर बसिरहेका देखिन्छ । बिरामी बोक्ने एम्बुलेन्सले पैसा कमाउने लोभमा यात्रु अन्य खाद्ययन्न लगायतका सामाग्रिहरु बोक्ने गरेको खुलासा गरेको छ ।
दुर्गम गाउँपालिकामा केही पैसाको लोभमा एम्बुलेन्स चालकले यात्रु ओसारीरहेको छन् । कर्णाली प्रदेश ०२००१ झ ०१९६को नामकोे एम्बुलेन्स छ । बिरामी बोक्ने एम्बुलेन्सले बिपरीत यात्रु र खाद्ययन्न सामग्रीले बोकिरहेको देखिन्छ । तर यस सम्बन्धमा कसैले आवाज उठाएका छैनन् । न त गाउँपालिकाले कसैले एम्बुलेन्सको बिपरीत संचालन गरेको बारेमा आवाज उठाइरहेका छन् । न त कुनै जनप्रतिनिधिकै यसतर्फ ध्यान गयो । एम्बुलेन्सहरूले जनतालाई सेवा दिनुको सट्टा यात्रु र सामग्रहीहरु बोकी रहेको छ । एम्बुलेन्सको स्थिति बारेमा विरामी लाई कस्तो सेवा सुविधा दिइरहेको छ भन्ने बारेमा अनुगमन गर्न स्थानीय सरकार र प्रहरी प्रशान चुकेको छ