पर्यटन प्रबर्द्धनका लागि स्थानीय तहले जोडे मितेरी साइनो

नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादर लामा र हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमाल राईले जोडे मितेरी साइनो
फाल्गुन ५, २०८०
सिमकोट । नेपाली समाजमा नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध जोडन्को लागि मित लगाउने संस्कार पुरानै चलन रहेको छ । तर भौगोलिक हिसाबले टाढा भएका स्थानिय तहका सरकारका जनप्रतिनिधिहरुले भने नेपालकै पहिलो पटक मितेरी सोइनो लगाएका छन ।
कोशी प्रदेश खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख विमाल राई र कर्णाली प्रदेश हुम्लाको नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले मितेरी साइनो जोडेका छन् ।
खोटाङ जिल्लाको हलेसी तुवाचुङमा शुक्रबार आयोजित एक कार्यक्रममा नरगर प्रमुख राई र गाउँपालिका अध्यक्ष लामा सहितका दुबै स्थानीयत तहका सरकारकार जनप्रतिनिधि र पदाधिकारीले मितेरी साइनो लगाएका हुन् । नाम्खा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले जोडे मितेरी साइनो ऐतिहासिक ठाउँ कैलाश मानसरोवर नजिकै रहेको हुम्लाको १२ सय साल पुरोनो हल्जी गुम्बा,रिङ्छेलिङ गुम्बा लगायतका विभिन्न धार्मिक स्थल तथा सांस्कृतिक पक्षको धरोहरको रहेको नाम्खा गाउँपालिका र विश्व प्रशिद्ध त्रिधार्मिकस्थल हलेसी तथा किरात ऐतिहासिक थलो तुवाचुङ जायजुम रहेको हलेसी तुवाचुङ नगरपालिकाबीच मितेरी साइनो गाँसिएको नाम्खा गाउँपालिका शाखा अधिकृत मोहन बहादुर शाहीले बताए ।
यस माध्यमबाट मित साइनो संस्कृति जोगाउनको लागि राम्रो शन्देश दिने प्रयास गरिएको छ । मित लगाउने बिषयमा एक आपसमा सहिमति भए अनुसार दुवै स्थानीय तहका परिवारले एक अर्काले टिका,खाता र मायााको चिनो साटासाट गरेर ‘मित’ साइनो जोडिएको शाखा अधिकृत शाहीले जानकारी गराउनु भयो । आफु जनप्रतिनिधि भएपछि केहि नमुना काम गर्नु पर्छ भन्ने उद्देश्यले नाम्खा गाउँपालिका अध्यक्ष भम्रणमा गएको वेलाम भावनात्मक सम्वन्ध बढेएको अध्यक्ष लामाले बताए ।
भौगोलिक रुपमा दुई फरक स्थानीय तह भएपनि भावनात्मक निकटताले मितेरी साइनोसम्म पु¥याएको लामाले भनाई छ । सो अवसरमा हलेसी तुवाचुङ गाउँपालिका नगर प्रमुख राई र गाउँपालिका विच खुशियाली मनाएका छन । दुई स्थानीय तहबीच सांस्कृतिक साइनो गाँसेर धार्मिक तथा पर्यटन प्रबर्द्धन गर्ने प्रतिबद्धता जनाएको छन । ‘मितेरी साइनो जोडिएपछि सांस्कृतिक पक्ष मात्र नभएर, धार्मिक तथा पर्यटकीय क्षेत्रको पनि विकास र प्रबर्द्धन हुने दुबै प्रमुख भनाई छ । मितेरी साईनोले समाजमा मित्रता र सद्भाव कायम राख्नुको साथै विकासमा ठुलो भुमिका खेल्ने गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा भएको मितेरी साइनो कार्यक्रममा दुबै पालिकाका जनप्रतिनिधि, कर्मचारी, करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत, रावाबेसी गाउँपालिकाका, केपिलासगढी गाउँपालिकाका र चिसंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारी समेत सहभागी थिए ।