बालेनको शहरमा हुम्लाको निणर्य

फिल्को मिसन

अध्यक्ष, उपाध्यक्ष बीच सावर्जजनिक विदाको विषयमा जुहारी

माघ २९,२०८० सोमबार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा घोषणा गरेपछि कार्यवाहक अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु विवाद सुरु भएको छ ।
सिमकोट गाउँपलिका अध्यक्ष विजय भण्डारी मार्फत कार्यवाहक अध्यक्ष नन्द रावतले पालिकाभरी जनयुद्ध दिवस भनेर विदाको सूचना जारी गर्नुभएको छ ।

गाउँपालिकाको निर्णय नै नगरी विदा दिन नुहुने, पालिकामा छलफल नै नभइ विदाको सूचना जारी गर्न नियम विपरित भएकोले सार्वजनिक विदा नभएको गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया (बाम)ले हस्तक्षर सूचान गरेकी छिन् । सिमकोट गाउँपलिका कार्यपालिकाले फागुन १ गते विदा दिने विषयमा छलफल नै नभएको जानकारी दिनुुभयो । कार्यवाहक गाउँपालिका अध्यक्ष रावतले अध्यक्ष वियज भण्डारी ,उपाध्यक्ष शुशिला रोकाया (बाम) र कार्याकारी अधिकृत निर्णय अनुसार पालिकाभित्र सार्वजनिक विदाको माघ २८ गते एक सूचना निकालको बताए ।
उक्त विदाको बिषय लाई लिएर उपाध्यक्ष रोकाया सहित पक्षेका ८ जनाले माघ २९ गते सार्वजनिक विदाको खण्डन गर्दै सूचना जारी गरेर सम्पूर्ण सरकारी र गैरसरकारी तथा सार्वजनिक निकाय संचालन गर्न सूचना जारी गरेको छ ।

सर्वोच्च अदालतले फागुन १ गते विदा दिन नहुने फैसला गरेसंगै माघ २९ गृह मन्त्रालयले समेत फागुन १ गते सार्वजनिक विदा नहुने सूचना समेत जारी गरेको थियो ।
सिमकोट गाउँपालिका उपाध्यक्ष रोकायाले समेत सूचना जारी गर्दै अदालतभन्दा माथी कोही नभएकोले फागुन १ गते सार्वजनिक विदा नभएको उल्लेख गर्नुभएको छ ।

सिमकोट गाउँपलिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित हुनुुभएको हो भने उपाध्यक्ष रोकाया नेपाली काँग्रेसबाट निर्वाचित हुनुुभएको थियो । सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट निर्वाचित भएका हुन् ।
निर्वाचन पछि जनसरोकारको विषयमा पालिका उपध्यक्षले गाउँपालिकाको अध्यक्षको निर्देशन विपरित काठमाण्डौमा रहेको बालेन शाहाको सहरमा बसेर सिमकोट गाउँपालिका सार्वजनिक विदा विपरित सूचान गरेको बिषयमा कार्वावाहक अध्यक्ष रावतको आरोप लगाएका छन् ।

सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष नन्द रावतले २८ गते गरेको निर्णय लागू नहुने भनेर उपाध्यक्ष सुशीला रोकाया(भाम) सहित कार्यपालिकाका ८ जनाले हस्ताक्षर सहित प्रेस विज्ञप्ती नै जारी गरेको छ । सिमकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विच सावर्जजनिक विदाको विषयमा चर्कको जुहारी चलेको छ ।
हुम्लामा ७ गाउँपालिकामा मध्ये ताँजकोट गाउँपालिका,चंखेली गाउँपालिका र सिमकोट गाउँपालिकाले फागनु १ गते सार्वजनिक विदा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस