प्रेस चौतारी नेपाल हुम्लाको विशेष पत्रकारिता पुरस्कार तामाङ र लामा सम्मानित

माघ २२ २०८०, सोमबार
हुम्ला । प्रेस चौतारी नेपाल हुम्लाले यस वर्षको विशेष पत्रकारिता पुरस्कार हुम्लाका नयाँ संवदाता नरजन तामाङ लाई र रेडियो कैलाशका छपाल लामा सम्मानीत गरेको छ ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार सिमकोटमा रहेको मानसरवर होटलमा आयोजित कार्यक्रममा दुबै जना पुरस्कार तथा सामान प्रदान गरिएको हो ।
प्रेस चौतारी नेपाल हुम्ला अध्यक्ष नन्द सिंहको अध्यक्षतामा भएको पुरस्कार प्रदान तथा सम्मान कार्यक्रममा लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएका तामाङलाई पुरस्कृत र लामालाई सम्मानित गरेको सचिव दाने बोहराले बताउनुभयो । प्रेस चौतारी नेपाल हुम्लाले तामाङलाई ऊर्जावान, क्रियाशील पत्रकारका रूपमा पुरस्कृत गरेको हो ।
कार्यक्रममा नेकपा एमाले हुम्लाका कार्यवाहक अध्यक्ष गोकुल बुढाको प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका कार्यवाह अध्यक्ष नन्द ,नेपाल प्रत्रकार महाँसंघ जिल्ला कार्यवाहक अध्यक्ष राज बहादुर शाही रहेका थिए ।
यस्तै स्थापना दिवस कार्यक्रममा सहयाज प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी लगायत राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
स्थापना दिवसको अवसरमा सदरमुकाम सिमकोटमा सोमबार आयोजना गरिएको कार्यक्रममा तामाङलाई पाँच हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको प्रेस चौतारी हुम्लाका अध्यक्ष नन्द सिंंहले जानकारी बताउनुभयो ।