हुम्लामा मंगलबारदेखि अवरुद्ध हवाइ सेवा सुरू

मन्दिर सिंह

माघ १५,२०७०
हुम्ला। हुम्लामा अवरुद्ध हवाइ सेवा सुरु भएको छ । गत मंगलबार नेपालगञ्जमा लागेको बाक्लो हुस्सुका कारण अवरुद्ध हवाइ सेवा सोमबारबाट सुुच्चारुप भएको हो ।
उडान बन्द हुँदा विशेष कामले बाहिर जाने यात्रुहरु समस्यामा थिए भने गम्भीर अवस्थाका बिरामीलाई समस्या झेल्नु परेको थियो । हुम्लामा सडक सुविधा नहुँदा हवाइसेवाको विकल्प छैन भने मुगु,जुम्ला, डोल्पा र बाजुराको कोल्टि विमासस्थलमा पनि नेपालगञ्जमा लागेको बाक्लो हुस्सुका कारणले मौसम सुधार भएपछि आजवाट उडान सुचारु भएको हो ।
६ दिनपछि मौसममा आएको सुधारसँगै सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने जहाज उडानहरू सुचारू भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ । टिकट लिएको पाँच दिन भयो आज बल्ल विरामी दाई राम बहादुर बोहरा उडाउन पाएको सिमकोट गाउँपालिका– २ निवासी जोरा बोहराले बताए । हवाई सेवा अवरुद्ध भएपछि सिमकोट विमानस्थलमा यात्रुको चाप बढिको छ ।
उडान सुचारु भएपछि हुम्लामा खाद्यान्न, दैनिक उपभोग्य र निर्माण सामग्रीको अभाव हटेने भएको छ । एक साता उडान रोकिए हुम्लामा उपभोग्य सामग्रीको हाहाकार मचिने सिमकोटका अगुवा प्रवत सुनारले बताए ।
सडक यातायात नजोडिएको कारण हवाई मार्गबाट यात्रा गर्नुपर्ने माथिल्लो हुम्लाका यात्रु लाई समस्या रहेको छ । नेपालगञ्ज र सुर्खेतबाट सिमकोट आउने यात्रु र सिमकोटबाट नेपालगञ्ज र सुर्खेत झर्ने यात्रुहरु लाई आज देखि सहज भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस