पोषणयुक्त रैथाने बालीका परिकार तालिम स्याँडा गाउँमा सम्पन्न

अर्जुन बोहरा

माघ ७,२०८० आइतबार
हुम्ला । पोषण युक्त तर अपहेलित रैथाने बालीको प्रवद्र्धन गर्नका लागि विभिन्न किसिमका परिकार बनाउने तालिम सिमकोट गाउँपालिका –८ स्याँडामा सम्पन्न भएको हो ।
सिमकोट गाउँपालिकाले गरेको आयोजनामा फरक फरक कसिमका परिकार रैथाने बाली कोदो, फापर, चिनो, कागुनो लगाएतका रैथाने बालीहरुको परिकार बनाउने तालिम सम्पन्न भएको सिमकोट गाउँपालिका वडानम्बर ८का वडा अध्यक्ष बुढाले बताए ।
जीवनशैलीमा आएको परिवर्तनले रैथाने वालीको संरक्षण गर्न र अर्गानिक कृषि पद्धतिलाई स्थायित्व दिन चुनौतिहरु थपिएले यस बर्ष सिमकोट गाउँपालिकाले स्थानीय परिकार बनाउने तालिमको बजेट छुटाएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए ।


रैथाने वालीको परिकार सम्बन्धिको तालिमको समापन कार्याक्रममा बोल्दै सिमकोट गाउँपालिका वडानं ८का वडा अध्यक्ष कमल बुढाले काठमार्डौ जस्ता शहरका होटलमा मात्र खाना पाईने केक, पिजा,कफि लगाएतका परिकारहरु आफनै घरमा अव देखि खान पाईने भएको बताए । स्थानीय गाउँका किसानहरुको घरमा मात्र खान पाईने सिस्नो ढिडो अहिले काठमाडौंको पाँच तारे होटलहरुमा मात्र खाना पाईने गरेको भनाई राखेका थिए ।


तर गाउँको पूर्खाले हिजो खादै आएरहेको आहार विहारनै अहिलेको उत्कृष्ट हाईजेनिक खाना भएको चर्चा गर्दै वडा अध्यक्ष बुढाले रैथाने बालीबाट बनाईने खानाका परिकारहरुलाई प्रस्कृत गरेर खानु र खुवाउनुनै अहिलेको महत्वपूर्ण विषय भएको बताए ।
सिमकोट गाउपालिका ८ वडाका ४० जना महिलाहरु लाई अर्गानिक तथा रैथाने वालिको परिकार सम्बन्धिको तालिम आयोजनाले स्याँडाबासी लाई खानामा सुधार हुने बताए ।


स्थानियबासीहरुले रैथाने तथा पोषण तर अपहेलित बालीको महत्व र अपहेलित बालीको फाइदाका बारेमा कुनै जानकारी नहुदा उक्त वालीको ओझेरलमा परेको बताए । खाद्य सुरक्षाको अवस्था लाई सुधार गर्नका लागि कार्य गाउँपालिकामा पहिलो पटक रैथाने बालीको परिकार बनाउन तालिमको आयोजन गरिएको छ ।
रैथाने अन्नवालीको विभिन्न परिकार तालिम मध्ये फापरको केक, मार्सेको लड्डु, कागुनोको खिर,कोदोको नमकिन,परठा,केक,हलुवा र मःमःका परिकार बनाउने तालिम दिएको छ ।

प्रतिक्रिया दिनुहोस