अझै बनेन हेप्का खोलाको पुल, आयोजना र ठेकेदारको चरम लापरबाही, छ वर्षदेखि अलपत्र

माघ ६,२०८०
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका–१ स्थित हेप्का खोलामाथिको पक्की पुल निर्माणको काम ६ वर्षदेखि अलपत्र छ। निर्माण सुरु भएको ६ वर्षमा उक्त पुलका दुई पिल्लर मात्रै ठडिएका छन्।
ठेकेदार र हिल्सा–सिमकोटसडक आयोजनाको चरम लापरबाहीका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिका जोडने हेप्का खोलाको मोटरेबल पुल निर्माण अलपत्र परेको छ । ठेकेदार कम्पनी एमएस जेबी धुलिखेलको ढिलासुस्तीका कारण नाम्खा गाउँपालिका १मा पर्ने हेप्का खोलामा पुल ६ वर्षदेखि अलपत्र परेको हो ।
०७४ साउन ६ मा दुई वर्षभित्रै सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको हेप्का खोला पुल पुलको हालसम्म ठेकेदारले दुई किनारामा पिलर मात्र ठड्याउने बाहेकका काम गर्न सकेको छैन । कर्णाली करिडोर अन्र्तगत सिमकोट–हिल्सा सडक खण्डमा पर्ने हेप्का खोला पुल ९ करोडमा ९९ लाखा १३हजा।र ७सय ५८रुपैया लागतमा पूरा गर्नेगरी एमएस जेबी धुलिखेले २०७४साल साउन ६ गते ठेक्का सम्झौता गरेको थियो । तर, ठेकेदारले करिब २५ प्रतिशत काम गरेर पुल अलपत्र छाडेको हो ।
अन्तर गाउँपालिकासंग जोड्ने सडक खण्डमा पर्ने यो पुलको फाउण्डेसनको काम भइसकेको छ । हेक्पा खोला पुल भने स्वयम हिल्सा–सिमकोट सडक योजना कार्यालयकै र ठेक्कादारकै मिलोमोतमा पटक पटक म्याद थप्ने काममात्र भए देखिन्छ ।
सम्झौता म्याद गुज्रेको वर्ष दिन बित्तीसक्दा पनि पुलको काम पूरा नभएर पिलरको रडमा खिया लाग्ने अवस्था रहको छ । निर्माण कम्पनीले आवश्यक निर्माण सामग्री समेत निर्माणस्थलमा जम्मा गर्न सकेको छैन । बेलामा पुल निर्माण नहुँदा आवातजावतमा समस्या भइरहेको छ ।
निर्माणस्थलमा पठाएको ठेकेदार कम्पनीले पुलको थप भौतिक प्रगति भने नभएको स्थानीयको भनाइ छ । पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा निर्माण कम्पनी लाई बारम्बार ताकेता गरेपनि वेवास्त गरेको गाउँपालिकाले जनाएको छ । पुल निर्माण स्थलसम्मै यातायातका साधन सञ्चालन भइरहेकाले सामग्री ढुवानीमा कुनै समस्या छैन।
निर्माण व्यवसायीले समयमा काम नगर्ने र कमिसनको खेलमा सम्बन्धित निकायले पटकपटक म्याद थपिदिने गर्दा दुई–अढाइ वर्षभित्र बनाइसक्ने गरी सम्झौता भएका पुलको काम ६ वर्षसम्म अलपत्र परेको छ।सम्झौता गरेका निर्माण व्यवसायी भने सम्झौत गर्ने, पेश्की रकम लग्ने र पुलको काम अलपत्र छोड्ने गरेका छन। पुल नबन्दा आन्तरिक रुटमा संचालन हुने सवारी साधान,पशुचौपाय र मानिस लाई सास्ती बनाएको छ ।
कतिपय स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै गाडी गुड्दै आएका छन् । पुल नबन्दा नाम्खा लगायत छिमेकी गाउँपालिका लगायतका गाउँका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नु परेको छ ।
ठेकेदारको चरम लापारबाहीले निर्माण सम्झौताको म्याद सकिदासम्म काम पुरा हुन नसकेको भन्दै स्थानीय चर्को विरोध गर्न थालेका छन् ।
ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाई गर्दै आएका छन् । निर्माणका लागि सम्झौता गरेर ठेक्केदार जिल्ला नबेसर जिल्ला बाहिर बस्दै आउनुले काम समेत बाधा पुगेको हो ।
पुल निर्माणका लागि आवश्यक पर्ने डन्डी, सिमकोट लगायतका समाग्री ल्याउन समस्या भएकाले निर्माण कार्यमा ढिलाई भएको हिल्सा–सिमकोट सडक योजना कार्यालयले बताइएको छ । हेप्काखोला माथि पक्की पुल त्यस्तै बेथितिको सिकार बनेको छ।ठेकेदार कम्पनीले पेश्की फछ्र्यौटको बहानामा निर्माणमा ढलाई गरेको स्रोत बताउँछ। तोकेको समयमा काम सम्पन्न नसकेमा हिल्सा सडक आयोजना कार्यालय र त्यस पछि विभागकै मिलोमोतमा पटक पटक म्याद थप्ने गरेका छन ।प्रक्रिया अनुसार कार्यालय प्रमुखले सिफारिस गरेर फाइल विभागमा पठाउनु भन्दा ठेकेदारले आफैं फाइल बोकेर विभागामा म्याद थपाएर ल्याउने गरेको कर्मचारीहरु खुलासा गरेका छन ।
कमिसन र राजनीतिक पहुुँचका आधारमा ठेक्दारल पटकपटक म्याद थप्ने गरेको पाईको छ । जिल्लामा कतपय ठेक्का लगेको कम्पनीका मालिकले आफूअनुकूल काम नगर्ने कार्यालय प्रमुखलाईनै सरुवा गराउने गरेका छन ।
ठेक्का पाएपछि निर्माण व्यवसायीले तदारुकताका साथ काम गर्दैनन्। समयभित्र काम पूरा नगरे पनि सम्बन्धित निकायले दण्ड, सजाय नगर्ने र सजिलै म्याद थपिदिने गर्दा उनीहरुको मनपरी बढेको योजना कार्यालयका कर्मचारी नै बताउँछन्।
अहिलेसम्म तोकेको समयमा काम पूरा नगर्ने कुनै पनि व्यवसायीलाई कार्वाहि गरेको देखिदैन । उता भने ठेक्का लगेका ठेक्केदारले आफूले चाहेको म्याद थप्ने गरेका छन्। ।