ठेक्का सम्झौताको दश महिनापछि निर्माण सुरु

फिल्को मिसन

माघ ५,२०८०
सिमकोट । हुम्लाको हिल्सा–सिमकोट अन्र्तगत च्याछरा खण्डको सडक ठेक्का सम्झौता भएको १० महिनापछि निर्माण सुरु गरेको छ । कर्णाली करिडोर अन्र्तगत हिल्सा–सिमकोट जोड्ने च्याछरा खण्डको सडक निर्माणका लागि निर्माण कम्पनी ओसिस इन्जिनीयरिङ एण्ड बिल्डर्स निर्माण कम्पनीले काम थालेको हो । च्याछरा असजिलो भीरको सडक सडकखण्ड निर्माणका लागि उक्त कम्पनीले रु ३० करोडमा ठेक्का सम्झौता गरेको थियो ।
हुम्लाको उतरी पर्ने च्याछरा सडक खण्ड पहिलाको निमार्ण कम्पनीले ग्रेड नमिलाएको भन्दै पटक पटक चर्को विरोध उठिरहेको समयमा उक्त खण्ड पुन ३०करोड ठेक्का सम्झौता गरेको १० महिना पछि निमार्ण काम शुरु गरेको छ ।
सिमकोट हिल्सा सडक कार्यालयले पटक पटक निमार्ण गर्ने ताकेता ल्याउँदा उक्त कम्पनीले डोजर काठमाडौंबाट केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हिल्साबाट निर्माण स्थलमा पुर्याएपछि कामले सुच्चारुप भएको हो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले गत वर्ष चैत महिनामा निर्माण कम्पनीसँग सम्झौता गरेको बताए ।
सडकको स्तरोन्नती कार्य २०८४ सालको चैत महिनामा सम्पन्न गर्ने गरी आयोजनासँग निर्माण कम्पनीले सम्झौता गरेको बताए सम्झौता भएको लामो समयसम्म निर्माण कार्य सुरु नभएपछि आयोजनाले ताकेता पत्र कम्पनीलाई काटेको थियो ।

प्रतिक्रिया दिनुहोस