भूकम्प पीडितलाई सिमकोटबाट २ लाखा सहयोग

मन्दिर सिंंह

माघ ५,२०८०
हुम्ला । जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प पीडितहरुका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।
जाजरकोटमा १लाख र रुकुम (पश्चिम)मा १ लाख गरी गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलमार्फत २ लाख सहयोग गरेको हो।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले दैविकप्रकोप सहायता कोषमा जम्मा गर्ने गरि प्रमुख जिल्ला अधिकारी पोखरेल मार्फत चेक हस्तान्तरण गरेका हुन्।
भूकम्प प्रभावित जिल्लाका नागरिकका लागि राहत तथा पुनःनिर्माणका लागि गाउँपालिकाले एकमुष्ट कोषमा जम्मा गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शुवास आलले बताए ।
२०८० साल कात्तिक १७ गते राति ११ः४७ बजेतिर गएको भूकम्पबाट पीडित भएकाका लागि यस अघिनै खार्पुनाथ गाउँपालिकाले २ लाख,हुम्ला उद्योग वाणिज्य सघंले १ लाख ५ हजार र अदानचुली गाउँपालिकाले २ लाख मूल्य बराबरका लत्ताकपाड सहयोग गरेको थियो

 

प्रतिक्रिया दिनुहोस