भिरबाट लडेर एक कामदारको मृत्यु

पुस ९,२०८०
सर्केगाड । हुम्लाको सर्केगाढ गाउँपालिका–२ ल्याप्चे सडक खण्ड निमार्णका क्रममा भिरबाट एक कामदारको लडेर मृत्यु भएको छ । कर्णली करिडोर अन्र्तगत ल्याप्चे सडक खण्ड मोटरबाटो खन्नेक्रममा भिरबाट लडेर मुगु जिल्ला सोरु गाउँपालिका–५ सोरुकोटका अन्दाजि४९वर्षीय मनसिङ बुढाकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक राजन प्रसाद भट्टराईले बताए ।
हुम्लाको सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपाािलको कर्णाली करीडोर मोटरबाटो निर्माणकोे ल्याप्चेको भरबाट एक कामदारको लडेर मृत्यु भएको छ । सोमबार अपरान्ह साढे १२ वजेको समयमा ल्याप्चे सडक खण्ड खन्ने क्रममा बुढाको करीव ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाक जानकारी गराएको छ । उक्त सडक निमार्ण क्रममा यस अघि नेपाली सेना,एक् जान कामदार गरेर अहिले सम्म ४ जनाको भिरबाट खसेरै ज्यान गएको छ ।