हुम्लाको एक घरमा आगलागी: एक करोड भन्दा बढि क्षति

अर्जुन बोहरा

मंसिर २६,२०८०
हुम्ला । हुम्लाको सिमकोट एक घरमा आगलागी हुँदा १ करोड १४लाख ७ हजार भन्दा बढि क्षति भएको छ । सिमकोट गाउँपालिका– ५ तल्लो गाउँको टुक्मामा रहेको नेपाली कांग्रेस हुम्लाका उपसभापति वसन्त रोकायाको घरमा आगलागी भएको हो ।


मंगलबार विहान उपसभापति रोकायाको घरमा आगलागी भएको हो । आगलागीको कारण रोकायाको घरको दोस्रो तल्लामा रहेको भान्सामा जडान गरिएको सुधारिएको फलामे चुल्होमा बालिएको आगोले माथिल्लो तल्लाको बैठक कक्षमा राखिएका कागजातहरु सल्केपछि आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।


आगलागीबाट रोकायाको तिन तले कच्ची घर माथिल्लो तले तथा घरमा रहेका सम्पूर्ण सामग्री नष्ट भएको छ । रोकायाको घरमा आगलागी हुँदा नगद ४ लाख रुपैयाँसहित लत्ताकपडा, गरगहना, फर्निचर, ल्यापटप, प्रिन्टर लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक उपरीक्षक रवीन्द्र खरेलल जानकारी दिए ।


आगलागी नियन्त्रण गर्न प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारी, बाल मन्दिर माबिका बिद्यार्थी र सर्वसाधारणलाई नियन्त्रण लिन चार घण्टा भन्दा बढी समय लागेको थियो। आगालि नियन्त्रणका क्रममा रोकायाकी श्रीमती लक्ष्मी रोकयाको छातीमा चोट लागेको छ भने एक जना नेपाली सेनापनि भर्याङबाट लडेर घाईते सामान्य घाइते भएका छन ।


आगलागीबाट माथिल्लो तला घर जलेर नष्ट भएको छ भने अन्य मानवीयकोे कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । हुम्लामा हिउँदाको सुख्खा मौसम आगलागीका घटना पहिलो भएकोे जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस