माओवादी केन्द्र हुम्लाको आबधिक समिक्षा : पार्टी रुपान्तरण अभियानबाट जनता र कार्यकर्तामा उत्साह

मंसिर २०,२०८०
हुम्ला । नेकपा (माओवादी केन्द्र) हुम्लाको तीन महिने अभियानको आबधिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । हुम्लाको दक्षिण मध्ये क्षेत्र सर्केगाड गाउँपालिकामा जिल्ला स्तरको बसेको समिक्षा बैठकले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानले जनातामा आशा र कार्यकर्तामा उत्साह थपिएको निस्कर्ष निकालिएको छ ।
भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठकमा सातै वटा गाउँपालिका इन्चार्ज र ४४वटा वडाले रिपोर्ट पेश गरेको छ । जवस मोर्चा,प्रदेश कमिटि,वडा इन्चार्ज र अभियानमा खटिएका टोली नेताहरुले रिपोर्ट राखेका छन् ।
बैठकमा रिर्पोट राख्ने सवै पालिका इन्चार्जहरुले अभियान प्रभावकारी बन्दै गएको र पाटी सुदृढिकरणका लागि जनताबाट रचनात्मक र गहन सुझावहरु प्राप्त भएको रिर्पोट प्रस्तुत गरेको सिमकोट गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्र केन्द्रीय सदस्य विजय भण्डारी (प्रतिरोध)ले बताए ।
समिक्षा बैठकमा पार्टीका जिल्ला इन्चार्ज झक्क बहादुर मल्ल (सुदीप)ले पार्टी केन्द्रको निर्देशन अनुसार तीन महिने अभियानलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गरेको बताए । अभियानका क्रममा जनताको घरघरमा पुगेर पार्टी प्रतिको जनताको बुझाई, कमीकमजोरीको आलोचना र सुदृढिकरणका लागि जनताले दिएको सुझावहरुले माओवादी केन्द्रलाई नयाँ उचाइमा पुराएको बताउनुभयो ।
अभियान अवधिभरि पार्टी र नेतृत्वको रुपान्तरण सम्बन्धमा अध्यक्ष कमरेड प्रचण्डको सन्देश ४० हजार हुम्ला जनता बीचमा पुर्याउने काम गरेको बताए । कार्यक्रर्ता र हुम्ली जनताको सुझाब माओवादी पार्टीभित्र अब आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व छनौट गर्नुपर्ने सुझाब आएकोे बताए ।
जिल्ला इन्चार्ज मल्लले पार्टीको नेतृत्वमा रहेका सरकारहरुले गरेका राम्रा कामहरु जनता माझ पु¥याउने एउटा अवसर जुरेको जोड दिए । माओवादी नेतृत्वमा रहेका स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारमा रहेको पार्टीको नेतृत्वले गरेका राम्रा कामहरु जनतालाई बुझाएपछि जनताको पार्टी प्रतिको बुझाइमा समेत सकारात्मक धारणा बसेको उहाँको भनाई छ ।
आवधिक समिक्षा बैठकमा माओवादी कमजोर हुनुको जनता, कार्यकर्ता नभएर जिल्लाका शिर्ष नेताहरु वरिपरि घुमिरहने पहुँचको आधारमा अघि बढ्ने नेत्तृत्व भएकोे रिपोर्टमा प्रस्तुत गरेका छन ।
त्यसैगरी जिल्ला संयोजक डा दीपेन्द्र रोकायाले दोश्रोे चरणको आन्तरिक समिक्षा बैठकमा, प्रशिक्षण तथा भेला सकेर पुन टोलटोलमा पुगेर जन भेटघाट, सुझाव संकलन, छलफल र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताए । पार्टी सदस्यता नविकरणलाई लगायतका कामहरु सम्पन्न गरिने बताए । हुम्लामा माओवादी किन कमजोर भयो भन्नेबारे अन्तिम समिक्षाा रिर्पोट आईसकोले संयोजक डा रोकायाले बताए ।