हुम्ला गोल्ड कपको उपाधि इमर्जिङ युवा क्लवलाई (फोटो फिचर)

अर्जुन बोहरा

मंसिर १५,२०८० शुक्रबार
हुम्ला। हुम्ला गोल्डकपको उपाधि इमर्जिङ युवा क्लवले जितको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा इमर्जिङ युवा क्लवले चाङ्ला युवा क्लबलाई लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो ।
सदरमुकाम सिमकोटस्थित जिला खेलकुद मैदानमा भएको फाइनल खेलमा इमर्जिङ युवा क्लवले पहिलो विजेता २ लाख १ सय ११ रुपैयाँको चेक, ट्रफी प्राप्त गरेको छ ।


त्यसै गरि उपविजेता चाङ्ला युवा क्लबले १ लाख १ सय ११ रुपैयाँ चेक र ट्रफी पुरस्कार प्राप्त गरेको छ । साथै, विधागत पुरस्कारतर्फ विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र समेत प्रदान गरिएको छ ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इमर्जिङ युवा क्लवका डिफेण्डर अनिस परियार, उत्कृष्ट गोलरक्षक चाङ्ला युवा क्लवका नविन शिलवाल, मिड फिल्डरमा छवाङ लामा इमर्जिङ, उच्च गोलकर्ता चन्द्र भण्डारी ठेहे उदियमान, उदयमान खेवाडी ज्याकबन बुढा सनलाइट, नयाँ प्रवेशी टिममा पत्रकार महासंघ, अनुशासित टिममा स्याँडा हिमाली युवा क्लव र उत्कृष्ट खेलाडीमा चक्र लामाले पाउन सफल भए ।


बिजेता खेलाडीहरुलाई सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल लगायतले पुरस्कार मेडल प्रदान गरेका थिए। प्रतियोगिता मंसिर ४ गतेबाट शुरु भईएको थियो भने १२ वटा क्लबहरुले सहभागिता जनाएको थिए ।

फुटबल एकेडेमी हुम्लाका अध्यक्ष विष्णु रावतको अध्यक्षतामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको प्रमुख आतिथ्यमा र बिषेस अथितीमा सन्चालन भएको समापन कार्यक्रममा जिल्लाका जनप्रतिनिध लगायतको ,सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस