बेवारिसे अवस्थामा महिलाको शव फेला

मंसिर ४,२०८०
सिमकोट । जिल्लाको खार्पुनाथ गाउाँलिका–३ स्थिती बोक्चेगौडा भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बोक्चगौडास्थित कर्णाली नदीको किनारमा महिलाको शव फेला परेको जानकारी दिए।
सोमबार विहना १२ बजे महिलाको शव फेला परेको बताए । उनका अनुसार शव भेटिएपछि प्रहरी चौकी याक्चुको प्रहरी नेतृत्वको टोली घटनास्थलमै पुगेको थियो छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार १३ असोजदेखि हराइरहेकी खार्पुनाथ गाउँपालिका– २ थालीकी सुजता रावलको भएको भनेर मुचुल्का भएको छ। खनालका अनुसार सुजाताका आफन्तले भने उक्त शव सुजाताकै भएको बताएका छन्। शव पहिचान हुन नसक्ने गरी महिलाको शरीर कुहिएको अवस्थामा रहेको प्रहरीले बताएको