आज विश्व शौचालय दिवस:आठ वर्ष बित्यो खुला दिशामुक्त घोषण,अझै पनि खुला ठाउँमा दिसा गर्न बाध्य हुम्लामा

मंसिर ३,२०८०
हुम्ला । आज विश्व शौचालय दिवस, हुम्लाका अधिकाँस गाउँपालिकामा खुला ठाउँमा दिसा गर्न बाध्य भएका छन ।
२०७४ साल मंसिर १८ गते ४३औै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हुम्ला जिल्लामा अधिकाँस गाउँपालिकामा अहिले जताततै दिसापिसाब देखिन थालेको छ ।
नियमन गर्ने निकायको ध्यान नजाँदा २०६८ साल देखि थालिएको खुला दिशामुक्त घोषणमा कार्यक्रम कार्यान्वय गर्ने १३ बर्ष वितेको छ । तर सातै वटा गाउँपालिकाका प्रत्येक घरधुरीमा बनेका शौचालय जीर्ण अवस्थामा रहेका छन् भने अधिकाँस शौचालय बनेका छैन्न । गाउँमा शौचालय नहुँदा खुला ठाउँमा दिशा गर्न बाध्य भएका छन ।
सिमकोट गाउँपालिका वडानं २को ठेहे गाउँमा अधिकाँस घरमा शौचालय नहुँदा हिंडने बाटो र खुल ठाउँमा दिशा गर्ने नसमस्या भएको छ ।
सिमकोट बजारमा शौचालय प्रयोग भएता पनि सदरमुकामको आसापासका गाउँमा भने सबैले खुला दिसा–पिसाब गर्न बाध्य भएको स्थानीय गणेश बोहराले बताए । शौचालय नभएर खुला दिसापिसाब गर्न बाध्य भएका छन् ।
त्यस्तै, दक्षिण गाउँपालिकामा ताँजकोट,अदनचुली,चंखेली,खार्पुनाथ,सर्केगाड गाउँपालिका अधिकाँस गाउँमा पनि शौचालय प्रयोगविहीन रहेका छन् । कर्णाली करिडोर सडकसँग जोडिएका बजारमा, गाउँपालिका केन्द्रमा केही ठाउँमा शौचालय नै छैनन्, भएका ठाउँमा पनि प्रयोग विहीन छन् ।
स्थानीय तहहरुको बेवास्ताका कारण जिल्ला फेरि २०६८ सालभन्दा अगाडि फर्किन सक्ने अवस्था भएको छ । नेपालकै ४३ जिल्लाको रुपमा हुम्ला जिल्ला २०७४ मंसिर १८ गते जिल्ला खुला दिसामुक्त भएको थियो । त्यही समयमा सदरमुकाम लगायत गाउँपालिकाका व्यापारिक केन्द्र,गाउँपालिका सेवा केन्द्र लगायतका ठाउँका शौचालय बनाएको देखिदैन ।
जिल्लाका अधिकाँस धार्मिक र पर्यटकीय स्थानमा शौचालय नहुँदा तीर्थयात्री तथा पर्यकहरु खुला ठाउँमा शौच गर्न बाध्य भएका छन् । सरकारले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेको भए पनि कार्यन्वय पक्ष लागु गरेको देखिदैन ।