देउसी भैलो खेलेको संकलित आर्थिक रामदेव माविमा पुस्तकलय सहयोग

अर्जुन बोहरा

मंसिर ३,२०८०
काठमाडौं । ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाण्डौंमा खेलिएको यो वर्ष तिहारमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित आर्थिक सहयोगबाट रामदेब माध्यमिक विद्यालय लाई पुस्तकलयमा सहयोग गरेको छ ।
ठेहे उदयमान युवा क्लबका अध्यक्ष हिक्मत भण्डारीले दुर्गम हुम्ला सिमकोट गाउँपालिका वडा नम्बर २को ठेहे गाउँमा रहेको रामदेव मावि लाई पुस्तकलयको लागि ५५ हजारको आर्थिक दिने निणर्य भएको क्लबका सदस्य हिमाल बोहराले बताए ।
काठमाण्डौं स्थिती ठेहे गाउँबाट अध्ययनको शिलशिलामा गएका विद्यार्थीले देउसी भैलो कार्यक्रममा आर्थिक संकलन गरी विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म लगायत लक्षित गर्दे विभिन्न प्रकारका पुस्तक किन्ने तयारी भएको हो। ठेहे उदयामान क्लबका आवद्ध सदस्यहरु भने आफु अध्ययान गरेको विद्यालयमा पछिका अध्यायन गर्ने भाईबैनीकोे हितको लागि केही सहयोग पुग्ने बताए ।
तिहारमा खेलिने देउसी भैलो मार्फत सामाजिक कामहरू पनि गर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ। यस पटक पनि ठेहेका विद्यार्थीहरुले देउसी भैलो खेलेर संकलित रकम शैक्षिक कार्यमा लगाएका छन्। यस्तै विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई पठनपाठनमा सहयोग पु¥याउनका लागि पुस्तकलयमा सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस