हुम्ला गोल्डकप खेलकुद प्रतियोगिता सोमबार सुरु हुँदै

अर्जुन बोहरा

मंसिर ३,२०८०
हुम्ला । सिमकोटमा हुम्ला गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ मंसिर ४ गतेदेखि सोमबार सुरु हुने भएको छ ।
सिमकोटमा रहेको जिल्ला खेलकुद मैदानमा ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारा सहित फुटवल एकेडोमीको आयोजनामा गोल्डकप प्रतियोगिता सञ्चालन हुने अध्यक्ष बिष्णु रावतले जानकारी दिनुभयो । अध्यक्ष रावतका अनुसार प्रतियोगितामा जिल्ला भित्र र जिल्ला बाहिरका खेलाडीहरु पनि सहभागि रहनेछ ।
फुटवल खेलमा अहिले सम्म ७ वटा भन्दा बढि क्लबहरु प्रतियोगितामा भाग लिन टिम दर्ता भएकोे छ, भने मंसिर ३ गते सोमबार वेलुका ४बजेसम्म टिम दर्ता समय रहेको अध्यक्ष रावतले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई २ लाख १ सय ११ रुपियाँ र दोस्रो हुनेलाई १ लाख रुपियाँ १ सय ११ नगद सहित ट्रफि दिइने क्लबका अध्यक्ष रावतले बताउनुभएको छ ।
हुम्ला गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ सञ्चालन तथा व्यवस्थापनका लागि करिब ३० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको एकेडोमीका अध्यक्ष रावतले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिम पुरस्कारको व्यवस्था गरिएको छ भने प्रत्येक प्रतिगोगितामा म्यान अफ द म्याचको व्यवस्था पनि गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस