बिदामा पनि विरामीको उपचार स्वाथ्य चौकीमा

कार्तिक २७, २०८०
हुम्ला ।सिमकोट गाउँपालिकाले सबै स्वास्थ्यचौकीमा तिहरा बिदाका दिन पनि उपचार सेवा दिएको छ ।
गाउँपालिकामा संचालित स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य संस्थामा बिदाको दिन पनि उपचार गर्न थालिएको हो । बिदाका कारण बिरामी स्वास्थ्य सेवाबाट वञ्चित नहुन भन्ने हिसाबले दशै र तिहारामा चौविसे घण्टा स्वास्थ्यचौकी खोल्ने गरेको छ ।
सार्वजनिक बिदाको दिन स्वास्थ्य संस्था बन्द हुँदा बिरामीले सास्ती भोग्दै आएका थिए भने महँगोमा उपचार गराउनुपर्ने बाध्यता थियो । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन बिदाको दिन पनि उपचार दिन थालिएको सिमकोट गाउँपालिका ास्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले बताए । उनका अनुसार सार्वजनिक बिदाको दिनमा पनि स्वास्थ्य संस्था संञ्चालन गर्न पर्याप्त जनशक्तिको व्यवस्था मिलाइएको छ ।
तिहारको विदा भरि स्वासथ्य चौकी खुला गर्ने निर्णय अनुसार चौबीसं घण्टा बिरामीलाई सेवा दिएको दिई रहेको डाँडाफया स्वास्थ्य चौकीका स्वाथ्यकर्मी सन्तोस बोहराले बताए। बिदामा स्वास्थ्य संस्था बन्द हुने समयमा बिरामीले कुरेर कार्यालय सञ्चालनमा आएपछि सेवा लिने समस्या यसवाट अन्त्य भएको छ।
बिदाको दिन स्वास्थ्य संस्थामा आएर सेवा दिने स्वास्थ्यकर्मीलाई भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय, जवाफदेअी र प्रभावकारी बनाउन उपचारको व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।