सिमकोटबाट उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको इन्जिनमा समस्या

अर्जुन बोहरा

कार्तिक २७,२०८०
हुम्ला । प्राविधिक समस्याका कारण जहाजको वाँया पट्टिको इन्जिन स्टार्ट नभएपछि नेपाल वायुसेवा निगमको ढल्–ब्द्यग् कलसाइनका ट्वीनओटर जहाज सिमकोटं–नेपालगन्ज उडान रोकिएको छ। आज सोमबार बिहान ८ बजे नेपालगन्जमा उड्नुपर्ने जहाज निर्धारित समयमा उडउन नसकेको सिमकोट विमास्थलले बताएको छ ।
जहाजमा प्राविधिक समस्याकारण सिमकोट विमानस्थलमा १४जना यात्रु रोकीएकछन ।जहाजले नेपालगञ्जका लागि उडान भर्नको लागि दाँया इन्जिन स्टार्ट गरिसकेको र बाँया गर्ने क्रममा स्टार्ट नभएपछि जहाजमा समस्या देखिएको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले जानकारी गराए ।
नेपालगन्जका लागि तय गरिएको नेपाल वायुसेवा निगमको ट्वीनओटर जहाजको इन्जिन स्टार्ट नभएपछि बाहिरबाट अर्को उपकरणको सहायताबाट इन्जिन स्टार्ट गरेपछि जहाज उडान हुने चालक दलका सदस्यले बताए ।
नेपालगन्ज बाट १४ जना यात्रु लिएर सिमकोटमा पुगेको थियो । सिमकोट बाट नेपालगन्जका लागि यात्रुहरु बोर्डिङ पास दिएर जहाज चढिसकेका थिए। तर उड्न लागेको जहाजमा प्राविधिक समस्या देखिएपछि यात्रुहरुलाई ओरालिएका नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलराज हमालले बताए।

प्रतिक्रिया दिनुहोस