युवतीमाथि दुव्र्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी भट्टराई निलम्बित

फिल्को मिसन

कार्तिक ११,२०८०
सिमकोट । मदिरा पिएर महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख निलम्वनमा परेका छन ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईलाई कर्णाली प्रहरी प्रदेश कार्यालयले निलम्वन गरेर छानवीन शुरु गरेको छ ।
रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।
सँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ । हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बतायो ।

डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् । २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो ।

हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकारी दिएको छ । डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस