हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

असोज २३,२०८०
सिमकोट – हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
हुम्लाकोउतरी नाम्खा गाउँपालिकाको हिल्साबाट सिमकोटतर्फ आउँदै गरेको लु ४ त ७३२६ नंम्बरको ट्र्याक्टर मंगलबार अपराह्न पौने ४ बजे दुर्घटना हुँदा पाँच जनाको घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते भएका सिमकोट–७ का ३७ वर्षीय कालीबहादुर सुनार, २७ वर्षीय लोकमणि सुनार, २६ वर्षीय बखिल सुनार, ३८ वर्षीय जयमल सुनार र २७ वर्षीय गणेश सुनार रहेको जानकारी दिएको छ ।
समान लोड रहेको ट्र्याक्टरमा बसेर आएका यात्रुहरु दुर्घटनामा घाइते हनसक्ने हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउन लागिएको भट्टराईले जानकारी दिए। घाइते पाँच जनाको जिल्ला अस्पताल उपचार भइरहेको छ । नाम्खाको हिल्सा बाट सिमकोट आउँदै गरेको उक्त ट्र्याक्टर गुडिरहेकै अवस्थामा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको जनाइएको छ ।