“जुम्लाकि भाउकन फेसबुकैमा माया बस्यो“ डेउडा म्युजिक भिडियो सार्वजनिक

असोज २३,२०८०
हुम्ला । कर्णली प्रदेशको हुम्ला जिल्लामा रहेको पर्यटकीय क्षेत्र सिताङ र बराईमा छायाङ्कन भएको “जुम्लाकि भाउकन फेसबुकैमा माया बस्यो“ नामक डेउडा म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ।
चार महिना अघि सुटिङ भएको उक्त म्युजिक भिडियोमा मोडेल जान ठकुरी र सुस्मिता रोकायाले अभिनय गरेका छन् । यस अघि जान ठकुरीले २÷३ वाट म्युजिक भिडियोमा अभिनय गरिसका छन् भने सुस्मिता रोकायाको अभिनय क्षेत्रमा पहिलो अनुभव रहेको बताए ।
माया बस्यो“ नामक डेउडो म्युजिक भिडियोलाई निर्देशन यम्बी थापाले गर्नु भएको छ । म्युजिक भिडियोले अर्गानिक जोडी मोडल, पर्यटकीय क्षेत्र, शब्द र लय आधारित बनेको अत्यधिक दर्शकको माया पाउने विश्वास निर्देशक थापाले बताए ।
“जुम्लाकि भाउकन फेसबुकैमा माया बस्यो“ देउडा गितको गायक अमृत कुमार अनमोल र गायिका रेखा जैसिको स्वर रहेको छ । गीतको शब्द तथा लय गायक अमृत कुमार अनमोल र भरत बरालको छ। सङ्गीत दिपक संगम बिसीको रहेको छ भने म्युजिक भिडियोको छायाङ्कन अनुप राज शाहीले गरेका छन् । प्रशन्न मालि द्वारा सम्पादन गरिएको सो म्युजिक भिडियोको कलरिस्ट /पोस्टरको डिजाइन कमल सुनारले गरेका हुन् । म्युजिक भिडियोको सहजीकरण कलकार बिनोद सिंह थापाले गरेका हुन् ।
सो गित करिब ५ बर्ष अगाडिनै रेकर्ड गरिसेका थियौ राम्रो टिम नभेटेपछि गितलाइ बजारमा ल्याउन सकेनौं तर अहिले मन निकै खुशी र आनन्दित रहेको गायक अमृत कुमार अनमोल भने।
हुम्लाको मौलिक पहिचान र संस्कृति राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन उद्देश्यका साथ सो क्षेत्रमा छायाङ्कन गरिएको निर्देशक थापाको भनाइ छ । हुम्लामा सुटिङ गर्न निकै महङ्गो र कठिन छ तर हामीले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गएकालाई थकाई र दुःख बिर्साउने छ भने नगएकालाई हुम्ला जाउँजाउँ भन्ने लाग्ने छ निर्देशन थापाले प्रतिक्रिया दिएका थिए।
टेक्निकल इरर हुन सक्छ। हाम्रो टिमको प्रयास हो र खासै कथा बस्तु नरहेको मात्र मनोरञ्जन बिधामा बनेको निर्देशन थापाले प्रस्ट पार्नु भयो।