५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिमकोटमा (फोटो फिचर)

असोज २२,२०८० सोमबार
हुम्ला ।पँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारबाट सदरमुकाम सिमकोट गाउँपालिकामा सुरु भएको छ। जिल्ला खेलकुद प्रागाणमा शुरु भएको प्रतियोगितामा सिमकोट गाउँपालिका सात वटा विद्यालयका खेलाडीले सहभागिता जनाएका हुन् ।
राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा छात्र र छात्रातर्फ अलग अलग भलिवल, एथलेटिक्स, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल समावेश गरिएका शिक्षा अधिकृत बर्ख फडेराले जानकारी दिनुभयो ।
प्रतियोगिताको जिल्ला समन्वय उप–प्रमुख दलु फडेराले उद्घाटन गरेका छन् । समन्वय उप–प्रमुख फडेराले कक्षा अध्ययन नभई अतिरिक्त क्रियाकलापबाट शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने बताए ।
उनले विद्यार्थीको क्षमता बृद्धिका लागि हरेक प्रकारका प्रतियोगिता अति आवश्यक रहेको औल्याए । प्रतियोगितामा भलिबल, एथलेटिक्स लगाएत ६ खेलका विभिन्न स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजक समितिका अध्यक्ष तथा प्रअ रामराज शाहीले बताए ।
सोमवार सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल विभिन्न राजनितिक दलहरु लगायतका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी राष्ट्रपति रनिङ शिल्ड खेलकूद सहभागि भएका छन