हुम्लामा दुर्घटना :घाइते तीन जनाको हेलिकप्टरमार्फत सुर्खेतमा पठाइयो

फिल्को मिसन

असोज २१,२०८०
हुम्ला । बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरमार्फत सुर्खेतमा पठाइएको छ । हुम्लाको सिमकोट गाउँपालिका– ६ कर्णाली एकेडेमीस्थित आईतबार बिहान बा २१ च ७३५३ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
सदरमुकाम सिमकोट बाट यात्रुहरु लिएर सिमकोट गाउँपालिकाको वडानं २,३ मा जाँदै गरेको जीप अचानक अनियन्त्रित भई दुर्घटना भएको थियो ।


बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये तीन जना लाई थप उपचारका लागि कर्णाली प्रदेश अस्तापतमा लगिएको छ । उनीहरुको अवस्था गम्भीर देखिएपछि जिल्ला अस्पताले जिल्ला बाहिर रिफर गरे हो ।लगत्तै नेपाली सेनाको हेलिकप्टर मार्फत हुम्ला जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेले बताए ।


उनका अनुसार गम्भीर घाईतेहरु सिमकोट– ३पामा लामा ,वडानं २का देवजङ बोहरा,सिमकोट २ भण्डारी लगायतको मालवती भण्डारी र नावालक छोरा , योजना ऐडी, मुटुब लामा, बास बहादुर भण्डारी, सन्देश भण्डारीको जिल्ला अस्पतालमै उपचार भइरहेको जिल्ला अस्पताल श्रोत बनाएको छ ।


सडकमा गुडिरहेको जिप अचानक अनियन्त्रित हुँदा सडकबाट झन्डै ६५सय मिटर तल खस्दा दुर्घटना भएको थियो दुर्घटनामा गम्भीर घाइते भएकाहरुको अहिले कर्णाली प्रदेश अस्पातलमा सुर्खेत हस्पिटलमा उपचार भैरहेको छ । उनीहरुमध्ये अधिकांशको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस