तुइन चुँडिदा कर्णाली नदीमा एक जना बेपत्ता,बेपातको खोजी कार्या जारी

हेमन्त शाही

आसोज २१, २०८०
हुम्ला । तुइन तर्ने क्रममा खस्दा कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। हुम्लाको सर्केगाड गाउँपालिका– २ रिपस्थित ल्याप्चे घाटमा शनिबार बेलुका तुइन तर्ने क्रममा डोरी चुडिदा ३८ वर्षीय मक्कर सिंह नेपाली बेपत्ता भएका हुन्।
तर्ने क्रममा तुइन चुँडिएपछि मुगु जिल्ला सोरु गाउँपालिका–५ नेर गाउँका नेपाली बेपत्ता भएको कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको बराहदल गुल्म रानीवन ब्यारेक सिमकोटका गुल्मपति सेनानी दिनेश खड्काले बताए ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भीरमा सडक निर्माणको काम गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार साँझ ६ बजे नेपाली तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको गुल्मपति सेनानी खड्काले बताए ।
घटनास्थल टाडा भएकोले प्रहरी पुग्न दुई दिन लाग्ने भएकोले आइतबार बिहान मात्रै बेपत्ता नेपालीको सेना, प्रहरी र स्थानीयले खोजी कार्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस