कैलाश–मानसरोवरको दर्शन लागि सद् गुरु हुम्लामा

अर्जुन बोहरा

भाद्रा २६,२०८०
सिमकोट । हिन्दु धर्मका आध्यात्मिक एवं धार्मिक गुरु जग्गी बासुदेव ‘सदगुरु’ नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाट मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको सिमकोट पुगेको छ । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी नेपालगन्जबाट मंगलबार सिमकोट पुगेका हुन् ।


हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रुपमा रहेको कैलाश मानसरोवरको लागि दर्शन गर्ने समय भएकोले हुम्लाको नाम्खा गाउँपालिका ६को लिमी गाउँ स्थिती लाप्चाबाट दर्शन गर्नको लागि सद्गुरुको टोली हुम्लामा मंगलबार आइपुगेको छन । मानसरोवर कैलाश दर्शनका लागि सद्गुरु नेतृत्वको १०३ जनाको टोली हुम्ला पुगेको हो ।


‘टोली नाम्खा गाउँपालिका–६मा रहेको लिमी उपत्यकाको ५ हजा८सय मिटर उचाइँ भएको नेपाली भूमि लाप्चाबाट कैलाश मानसरोवर तिर्थ दर्शन गरिने अबस्था भएकोले सदगुर बर्षको एक पटक दर्शन गर्न आउने गरेको पर्यटन व्यवसायी विजय लामाले बताए ।
उनले भने,‘बुधबार बिहान नै सद्गुरुको टोली लिमीको लाप्चातर्फको सवारी साधान जिप बाट त्यसतर्फ यात्रा गर्ने बताए ।’


सिमकोट देखि लिमी लाप्चा सिधै सवारी साधान गाडी संचालन भएकोले लिमीको लाप्चामा पुग्न २ दिन लाग्ने गरेको संचालक लामाले जानकारी दिनु भयो । सद्गुरुले भोलि बुधबार लिमीको तलुङमा बास बस्ने र विहीबार कैलाश मानसरवर दर्शन गर्नको लागि लाप्चामा एक दिन बास बस्ने भएको पर्यटन व्यवसायी लामाले जानकारी दिनुभयो ।


नेपालकै जमिनबाट कैलाश मानसरवर दर्शन गर्नुको साथै हिन्दुधर्मसंस्कार अनुसार पुजापाठ गरि शुक्रबार सद गुरुको टोली सिमकोटमा र्फिता हुने तालिका भएको लामाले बताए।
सद् गुरु सिमकोट विमास्थल ओर्लिने वितकै सिमकोट र नाम्खा गाउँपालिका सहित जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्लला अधिकारी लगायतmले बाजगाज सहित स्वागत गरेका छन ।
सद् गुरु योग, ध्यान सिकाउनुका साथै सामाजिक एवं सामुदायिक विकास योजनामा मानसरोवर–कैलाश दर्शनका लागि हुम्लाको सिमकोटमा भारतीय तीर्थयात्री आउन थालेका छन ।


पछिल्लो समयमा सहज र छोटो बाटो ४दिनमै नेपाली भुमिबाटनै दरदर्शनको लागि उपयक्त धार्मिक बाटो भएकोले धार्मिक गुरु सहित तिर्थ यात्रीहरु हुम्लाबा बढ्न थालेका छन ।
गत बर्ष गरि ४पटक धार्मिक सद् गुरु हुम्लाको लिमी लाप्चाबाटै मानसरवर कैलाश दर्शन गरेपछि यस पटक पनि सतगुरु सिमकोटमा पुगेका छन ।

प्रतिक्रिया दिनुहोस