माओवादीको बिशेष तिन महिना अभियान शुरु,, हुम्लाका ४४ वडामा आजै उद्घघाटन हुँदै

अर्जुन बोहरा

भाद्रा १६, २०८० शनिबार
सिमकोट । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को शनिबार उद्घाटन हुने भएको छ ।
माओवादी केन्द्र हुम्लाले आज देखि शुरु हुने तीन महिने अभियानको पुरा भएको भएको जनाएको छ । देशैभरका एकसाथ सुरु हुने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत हुम्लामा ४४वटा वडामा आज बाट एकैपटक सो अभियानको उद्घाटन गरेको छ ।
शुक्रवार हुम्लाको सिमकोटमा भएको नेकपा माओवादी केन्द्र हुम्लाको जिल्ला सचिवलय बैठकले केन्द्रीले संचालन गरेको अभियानलाई प्रभावकारी बनाउने जिल्लाका सबै पार्टी कमिटि लाग्ने तयारी पुरा भएको जिल्ला समन्वय समितिका जिल्ला पार्टी सविच धर्मराज बोहराले बताए ।
माओवादी केन्द्र हुम्लाका ईन्चार्ज झक बहादुर मल्ल ं (सुदिप)ले आज बाट हुम्लाका सात वटै पालिकाका४४ वटा वडामा एकसाथ अभियान उद्घाटन गर्ने तयारी भएको बताए ।
घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ हुम्लामा उद्घाटन हुने अभियानको तीन महिने कार्यतालिका समेत सार्वजनिक गरीएको छ । अभियानभरी ६ वटा मुख्य एजेण्डामा केन्द्रित रहेर सांगठानीक गतिविधि संचालन गरीने ईन्चार्ज मल्लले बताउनु भयो ।
मल्लका अनुसार अभियानका क्रममा राजनैतिक वैचारीक कार्य, संगठनात्मक कार्य, संघर्ष तथा जनसम्बन्ध बारे कार्य, प्रचारात्मक कार्य र आर्थिक उत्पादन सम्बन्धिका गतिविधिहरुलाई विशेष प्राथमिकतामा राखेर अभियान संचालन गरिएको बताए । समाजवाद स्थापना गर्न माओवादीका सम्पुर्ण नेता र कार्यकर्ता लाग्नु पर्ने भन्दै संगठन सुदृढीकरण गर्दै एकताबद्ध भएर अघि बढेमा फेरि पनि देशको नेतृत्व माओवादीले लिन सक्ने बताउनु भएको थियो ।
अभियानको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने बताए ।
अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताए ।
लामो समय सम्म नेता तथा कार्याकर्ता जनतासँग नभएकोले अभियानका क्रममा विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्ने र माओवादीलाई साथ दिन आग्रह गरे । केन्द्रीय अभियानले पार्टीको सबैभन्दा तल्लो इकाइ वडा कमिटीलाई सुदृढ गर्न जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्न लागेकोबताए ।
अभियानमा सातवटा गाउँपालिका र ४४ वडामा जिम्मेवारी तोकेको छ । जसमा नाम्खा गाउँपालिकामा बैकल्पी केन्द्रीय सदस्य सीता शाही (सुस्मीता) ,सिमकोट गाउँपालिकामा केन्द्रीय सदस्य विजय भण्डारी (प्रतिरोध) बैकल्पी केन्द्रीय सदस्य विंरजन शाही र सर्केगाड गाउँपालिकामा जिल्ला समन्वय समितिका संयोजक डा दीपेन्द्र रोकायले इन्चार्जको जिम्मा दिएर खटाएको छ ।
त्यसै गरि चंखेली गाउँपालिकामा सर्पराज सिंह, अदनचुरली गाउँपालिकामा गंगा खड्का र ताँजकोट गाउँपालिकामा लालकेश जैसी लाई इन्चार्च जिम्मा दिएर गाउँमा खटिएका छन ।
घर घरमा माओवादी, जन जनमा माओवादी भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाले तीन महिने विशेष रुपान्तरण अभियान शुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस