पाँच दिनदेखि हवार्ई सेवा अवरुद्ध, यात्रु अलपत्र

अर्जुन बोहरा

भाद्रा ८,२०८० शुक्रबार
हुम्ला । हुम्लाकोे यातायातको एक मात्र माध्यम हवार्ई सेवा वर्षाले ५ दिनदेखि अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् । पाँच दिनदेखि वर्षाका कारण हुम्लाको सिमकोट विमानस्थलमा कुनै पनि जहाजले उडान गर्न नसकेपछि यात्रुहरू मर्कामा परेका छन् ।
नेपालगन्ज र सुर्खेतबाट उडान हुने हुम्लाको सिमकोट विमानस्थलमा लगातार ५दिनदेखि हवाई उडान नहुँदा नेपालगन्ज, सुर्खेतबाट हुम्ला र सिमकोट बाट विभिन्न जिल्ला जाने यात्रु विमानस्थलमै अन्योलमा परेका छन् ।
गएको भद्रा महिनाको ३ गते समिट,सिता र तारा एयरले सिमकोट विमानस्थलमा अवतरण गरेपश्चात् अन्य कुनै पनि जहाजले उडान भर्न नसकेको नेपालगन्ज विमास्थल श्रोतले बताएको छ । लगायतर बर्षाको कारण मौसममा परिर्वतन आएपछि सिमकोट विमानस्थलमा कुनै पनि निजी तथा सरकारी जहाजले उडान भरेका छैनन् ।
लगातर मौसममा समस्या आएका कारण कुनै पनि उडान गर्न कठिन भएको सिमकोट विमानस्थल कार्यालय हुम्लाले जानकारी दिएको छ । अग्ला पहाड र हिमाली जिल्ला भएका कारण बिहान बाहेक अन्य समयमा उडान भर्न खराब मौसमकै कारणले नेपालगन्ज विमानस्थलको कार्यालयले बताएको छ । हवाई उडानको क्षेत्रमा सबै प्राविधिक कुरा पूरा नभए जबर्जस्ती उडान गर्न नसकिने जहाज कम्पनीहरू बताउँछन् ।
सडकले नजोडिएको हुम्लामा एक मात्र भरपर्दो यातायातको माध्यम हवाई सेवा नै हो । वर्षाको समयमा कालिकोट, मुगु र बाजुराकोे सडक पनि जोखिम भएकोले पैदल यात्रा झनै जोखिम भएकोे यात्रुहरू बताउँछन् ।
यसबाट यात्रु मर्कामा परेका छन् भने दैनिक उपभोग्य सामान र अन्य कार्गो सामान पनि ढुवानी हुन सकेको छैन। तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव सिमकोटमा देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस